काठमाडौँ, १९ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई विस्थापित गर्न स्थापना नभएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यपछि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा कुनै देशकोे...बाँकी अंश →
काठमाडौँ, १९ भदौ,, प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौँमा चौथो बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमा र श्रीलङ्काका राष्ट्रपति तथा...बाँकी अंश →

भद्रपुर, १९ भदौ ,, अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताउनुभएको छ । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताउनुभएको हो । बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उहाँले...बाँकी अंश →

काठमाडौँ, १९ भदौ ,, राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह...बाँकी अंश →

काठमाडौँ, १९ भदौ ,, मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२...बाँकी अंश →

नेपालगञ्ज १९ भदौ ,, सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ । नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो । हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई...बाँकी अंश →

जाजरकोट, १९ भदौ ,, जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो । जिल्लामा भएको दूध सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि...बाँकी अंश →

काठमाडौँ, १९ भदौ ,, साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा...बाँकी अंश →

पोखरा, १९ भदौ ,, पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा हालै सम्पन्न १८ औंँ एशियन खेलमा पहिलोपटक खेलको रुपमा सूचीकृत भएको पाराग्लाइडिङको प्रतिस्पर्धामा नेपालले रजत पदक प्राप्त गरेपछि युवा बढी आकर्षित हुने देखिएको...बाँकी अंश →

तनहुँ, १९ भदौ ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भन्नुभयो । “ म...बाँकी अंश →

काठमाडौंँ, १९ भदौ,, महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले...बाँकी अंश →

नेपालगञ्ज, १९ भदौ ,, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि रु पाँच लाख उपलब्ध गराएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: