०९ चैत २०८२

समाचार

मन्त्रिमण्डलमा हेरफेर हुँदैन ,, प्रधानमन्त्री

काठमाडौँ, २३ भदौ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भन्नुभयो, “केही हुनेवाला छैन ।...बाँकी अंश →


सभामुख महरासंग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, २३ भदौ ,,  चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ । भेटका क्रममा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको स्मरण गराउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धले पनि दुई देशबीचको सम्बन्ध...बाँकी अंश →


विद्युत् उत्पादनमा सहकार्य गर्न इच्छुक ,, अध्यक्ष दाहाल

काठमाडौँ, २३ भदौ ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका उहाँले शुक्रबार साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम...बाँकी अंश →


शिक्षा दिवस मनाइँदै

काठमाडौँ, २३ भदौ ,,  ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिले विभिन्न उत्कृष्ट विद्यालय र शिक्षासेवीलाई पुरस्कृत गरिने...बाँकी अंश →


माथिल्लो कर्णालीको बिजुली बङ्गलादेशले किन्ने

ढाका, २३ भदौ ,,   नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव ९जिएमआर० प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको...बाँकी अंश →


नेपाल–चीन सम्बन्ध प्रगाढ ,, सभामुख

काठमाडौँ, २२ भदौ ,,   सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं सांस्कृतिक प्रदर्शनी–२०१८’ का अवसरमा उहाँले तिब्बतसँगको सम्बन्धले चीन र नेपालबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान...बाँकी अंश →


चिनी आयात रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २२ भदौ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आज साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित...बाँकी अंश →


सिमेन्ट उद्योगको इजाजतपत्र रद्द

काठमाडौँ, २२ भदौ ,,   नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको...बाँकी अंश →


सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न निर्देशन

काठमाडौँ, २२ भदौ ,,  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ । म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत...बाँकी अंश →


शैक्षिक गुणस्तर सुधारको कार्यक्रम सार्वजनिक

काठमाडौँ, २२ भदौ,,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ को थालनी गरेको छ । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘हामी सबैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ को नारासहित सो कार्यक्रमको घोषणा गर्नुभएको हो...बाँकी अंश →


हचुवाको भरमा कर नलगाउन उपाध्यक्ष कँडेलको सुझाव

काठमाडौँ, २२ भदौ ,,   राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययनसहित जनतालाई सेवा दिएर कर लागू गर्न स्थानीय तहलाई आग्रह गर्नुुभएको छ । उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा जनतालाई समस्या नपर्ने गरी कर लगाउने कुरामा ध्यान दिन स्थानीय तहलाई आग्रह...बाँकी अंश →


पाँच मन्त्रालयमा जनताका गुनासा

काठमाडौँ, २२ भदौ ,,   पाँच मन्त्रालय मातहतका निकायप्रति जनताको गुनासो चुलिएको छ । गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका निकायले प्रवाह गर्ने सेवा तथा त्यसको पारदर्शितामाथि प्रश्न उठाउँदै हेलो सरकार गुहार्ने क्रम बढ्दो छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने गरी गुनासो सुनुवाइ तथा समाधान गर्न विसं २०६८ मा हेलो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter