०९ चैत २०८२

समाचार

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना ,, अध्यक्ष दाहाल

काठमाडौँ, २८ भदौ ,,,    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक...बाँकी अंश →


विद्युत् चोर्ने तीन सय कारवाहीमा,२८ लाख राजश्व सङ्कलन

चितवन, २८ भदौ ,,  नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो । कारवाही गरिएका व्यक्तिबाट कार्यालयले रु २८...बाँकी अंश →


काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै

काठमाडौँ, २८ भदौ ,,   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको आन्तरिक साङ्गठनिक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा पार्टीको केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कार्य सूची रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी...बाँकी अंश →


३३७ ट्याक्सीलाई कारबाही

काठमाडौँ, २८ भदौ ,,    महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान...बाँकी अंश →


सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ

बैतडी, २८ भदौ ,,   सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण...बाँकी अंश →


साबधान ! अब नोटमा केरमेट गरे ३ महिनासम्म जेल र ५ हजार रुपैयाँसम्म जरिवाना

काठमाडौँ : नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा...बाँकी अंश →


सिक्काको दुरुपयोग बढ्दै, ऐन कसिलो भएन

कुश्मा पर्वत, २७ भदौ :  नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन । नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि फितला देखिएका छन् । राज्यले नयाँ संविधान निर्माण गरिसकेपछि...बाँकी अंश →


भोजपुरे खुकुरी उद्योग उत्पादन सङ्कटमा

भोजपुर, २७ भदौ :  भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ आकर्षित हुन नसकेका कारण उक्त व्यवशाय खस्कदै गएको छ । यो पेशालाई हेला गर्न थालिएकाले समेत उद्योग सङ्कटमा...बाँकी अंश →


भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

हैदराबाद, २६ भदौ (रासस/एएफपी) :  भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ । यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले...बाँकी अंश →


अफगान द्वन्द्वः आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुग्यो

जलालाबाद, २७ भदौ (रासस/एएफपी) : अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ । यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वी क्षेत्रमा भएको त्यस विस्फोटमा...बाँकी अंश →


तीजलाई सिर्जनात्मक बनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौँ, २७ भदौ :  उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिनुहुँदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित...बाँकी अंश →


ठमेलको ज्याठामा आगलागी, करिब १० करोड क्षति

२६ भदौ, काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो । स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter