१० चैत २०८२

समाचार

विकासले नयाँ गति लिन्छ,, प्रचण्ड

काठमाडौँ, २९ भदौ ,,    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभएको छ । कारोबार दैनिकले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी...बाँकी अंश →


निर्मला प्रकरण सरकारको अग्नि परीक्षाः अध्यक्ष केसी

भीमदत्तनगर, २९ भदौ ,,  राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताउनुभएको छ । अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।” अध्यक्ष...बाँकी अंश →


अनुशासन भए मात्र पार्टी बलियो हुन्छ ,,, देउवा

काठमाडौँ, २९ भदौ,,    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारवाही गर्न माग गर्नुभएको छ । काङ्ग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले पन्तका हत्यारालाई सरकारबाट नै संरक्षण भएको आरोप लगाउनुभयो । सभापति देउवाले...बाँकी अंश →


दोषी पत्ता नलाग्दा सबैभन्दा बढी म असन्तुष्ट छु,, गृहमन्त्री

काठमाडौँ, २९ भदौ ,,   गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले भन्नुभयो, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको...बाँकी अंश →


विश्वकर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, २९ भदौ ,,   सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आज विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न...बाँकी अंश →


स्वाइन फ्लु र हङकङ फ्लु फेला

राजविराज, २९ भदौ ,,  सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ । ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको...बाँकी अंश →


चौध देशका कम्युनिष्ट नेपालमा

भक्तपुर, २९ भदौ ,,   भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् । विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा विगत २१ दिनदेखि आवासीयरुपमा प्रशिक्षण लिँदै आएका १४ वटा देशका ४२ जनाले विश्व...बाँकी अंश →


कम्युनिस्ट सरकारबाट रुपान्तरण सम्भव छ ,, प्रचण्ड

भक्तपुर, २९ भदौ ,,  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताउनुभएको छ । नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको २१ दिने विश्वको कम्युनिस्ट इतिहास र वर्तमान विषयको प्रशिक्षण कार्यक्रमको आज समापन...बाँकी अंश →


मित्र राष्ट्रसँगको सम्बन्ध राम्रो बन्दै गएको छ ,, मन्त्री ज्ञवाली

चितवन, २९ भदौ ,,    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मित्रराष्ट्रसँगको आपसी सम्बन्ध धेरै राम्रो बन्दै गएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नयाँ सरकार गठन भएपछि नेपालमा भएका अन्तर्राष्ट्रिय सम्मेलन, द्विपक्षीय वार्ता एवं नेपालबाट भएका महत्वपूर्ण भ्रमणले मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत गरेको बताउनुभयो । नेपालले छोटो...बाँकी अंश →


सङ्घीयता विकास र समृद्धिको आधारः मुख्यमन्त्री राई

विराटनगर, २९ भदौ ,,   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयता देश विकास र समृद्धिको आधार भएको बताउनुभएको छ । निर्माण व्यवसायी महासङ्घ प्रदेश नं १ को १२ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबैको साझा सङ्कल्पका रुपमा रहेको विकास र समृद्धिलाई मूर्तरुप दिन सङ्घीयताको संस्थागत विकासमा...बाँकी अंश →


आर्थिक विकासमा अघि बढने ,, प्रधानमन्त्री

काठमाडौँ, २९ भदौँ, ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताउनुभएको छ । कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “लामो...बाँकी अंश →


निजगढ विमानस्थल: दुई लाख रुख काटिने

काठमाडौँ, २९ भदौ :  सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्नेे जनाएको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter