
जनकपुरधाम, ३१ भदौ ,, जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो । उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली काङ्गे्रस नगर...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, सभामुख कृष्णबहादुर महराले राजनीतिक परिवर्तनमा शिक्षक सङ्घसङ्गठनको ठूलो भूमिका रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज यहाँ आयोजना गरेको सम्मान तथा छात्रा प्रतिभा पहिचान लोक नृत्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षामार्फत समाज रुपान्तरण गर्न हामी शिक्षकहरुले निकै ठूलो भूमिका खलेका छौँ...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको...बाँकी अंश →

राजविराज, ३० भदौ,, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । सप्तरीको राजविराजमा आज प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विदेशमा श्रम बेचेर हुँदैन बरु आफ्नै देशमा मेहनत र मजदुरी गरे आर्थिक विकास हुन्छ भन्नुभयो । उद्योग सञ्चालन...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा अब बन्ने स्मार्ट सिटी विज्ञान तथा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । सिरु बैद्धिक समाजले आज यहाँ आयोजना गरेको ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयक गोष्ठीमा उहाँले भन्नुभयो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नयाँ शहरको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी अब बन्ने...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७औँ चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन आगामी असोज ३ गते चीन जाने हुनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिलेको औपचारिक निमन्त्रणामा उहाँ चीन जान लाग्नुभएको हो ।...बाँकी अंश →

काठमाडौँ ३० भदौ ,, संयुक्त राष्ट्रसंघले सन् २००७ को महासभामार्फत् हरेक बर्षको सेप्टेम्बर १५ तारिखलाई अन्तरराष्ट्रिय लोकतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेपछि अहिले विश्वभरी यो दिवस मनाउन थालिएको छ । पर्याप्त प्रचारप्रसार नभएर हो वा हरेक मुलुकको आफ्नो देशमा लोकतन्त्र आएको दिनलाई लोकतन्त्र दिवसका अवसरमा मनाउने गरेर हो अन्य...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन, पूर्वाधार निर्माणमा देखिएको लापरवाही र स्वास्थ्य सेवा विस्तारलगायतका विषय उठाउनुभयो । बैठकमा सांसद अग्निप्रसाद सापकोटाले...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...बाँकी अंश →

काठमाडौँ, ३० भदौ,, राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विकास आयोजनाको प्रगति सुनेपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आयोगको भूमिका र औचित्यमाथि प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “केही भन्न, केही गर्न,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: