
धनगढी, १ असोज,, नेपालको संविधानबमोजिम भएको राज्यको पुनःसंरचनासँगै तीनवटै तहमा गरिएका निर्वाचनपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयनको एक महत्वपूर्ण चरण पूरा भइसकेको छ । नेपालको संविधान कार्यान्वयनको सन्दर्भमा यो काम सबैभन्दा महत्वपूर्ण मानिन्छ । संविधानबमोजिम निर्वाचनमार्फत गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकार प्रयोग गर्दै शासन...बाँकी अंश →

काठमाडौँ, १ असोज ,, सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस...बाँकी अंश →

रसुवा, १ असोज ,, पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति दिइने भएको छ । रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई सो क्षतिपूर्ती दिइने भएको हो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ बाहिर पहिरो...बाँकी अंश →

चितवन, १ असोज ,, जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका...बाँकी अंश →

काठमडौँ, १ असोज ,, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताउनुभएको छ । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए)द्वारा आज यहाँ आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री महासेठले नेपालको विकासमा...बाँकी अंश →

नुवाकोट, १ असोज ,, नुवाकोट निर्माण व्यवसायी सङ्घको आठाँैं अधिवेशनबाट अध्यक्षमा सुमन अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मत गणनाअनुसार अध्यक्षमा अधिकारीले २३१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाले १५९ मत प्राप्त गर्नुभयो । निर्वाचनमा अधिकारीको समूह विजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा शैलेन्द्रराज...बाँकी अंश →

काठमाडौँ, १ असोज ,, प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का...बाँकी अंश →

कपिलवस्तु, १ असोज । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशनले पुनः गोपाल भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।उपाध्यक्षमा खग प्रसाद चपाई, समावेशी उपाध्यक्षमा किरणमान बज्रचार्य, सचिवमा मणि प्रसाद गैेह्रे, सहसचिवमा कृष्ण गैरे र कोषाध्यक्षमा गुरुदेव पौडेल चयन भएका छन । अधिवेशनको उद्घाटन गर्दै युनियनका अध्यक्ष...बाँकी अंश →

असोज १, २०७५ भारतीय सेना प्रमुख विपीन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुख नरहेको बताएका छन्। भारतको पुनेमा सेप्टेम्बर १० देखि सुरु भएको बिम्स्टेक सैन्य अभ्यासको समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सेना प्रमुख रावतले यस्तो अभिव्यक्ति दिएका हुन्। रावतले भौगोलिक बनावटका कारण नेपाल र भूटानले भारतको विकल्प खोज्न नसक्ने...बाँकी अंश →

काभे्रपलाञ्चोक, १ असोज ,, आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ । नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते सङ्घद्वारा आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आउँदो कात्तिक महिनाको...बाँकी अंश →

काठमाडौँ, १ असोज ,, बद्लिँदो अवस्थामा मानवीय सेवाका गतिविधिलाई अझै प्रभावकारीरुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न नेपाल रेडक्रस सोसाइटीको साझेदारी बैठक यहाँ शुरु भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अन्तर्राष्ट्रिय समितिसहितको दुईदिने बैठकमा नेपाल सरकार, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयसहित विभिन्न २० देशका रेडक्रस तथा रेडक्रिसेण्टका...बाँकी अंश →

काठमाडौँ, १ असोज ,, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा रु तीन खर्ब ३६...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: