१० चैत २०८२

समाचार

लौहपुरुष सिंहको स्मृति दिवस

काठमाडौँ, २ असोज ,,   विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा...बाँकी अंश →


भारोत्तोलन खेलाडी पोल्याण्डतर्फ

काठमाडौँ, २ असोज,,  ‘वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो । यही असोज ४ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगितामा पुरुष ५६ किलो तौल समूहमा गणेश रानाभाट र महिला ५३ किलो तौल समूहमा मनीषा...बाँकी अंश →


अन्नपूर्णका होटलको क्षमता विस्तार

पोखरा, २ असोज ,,   अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको...बाँकी अंश →


स्याउ गोदाममै थन्कियो

मुस्ताङ, २ असोज ,,  जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम...बाँकी अंश →


संविधान संशोधनको माग छाडेका छैनौँ ,, नेता महतो

नेपालगञ्ज, १ असोज ,,    राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताउनुभएको छ । आज यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, “हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।” अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर...बाँकी अंश →


नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

रोल्पा, १ असोज ,,   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई...बाँकी अंश →


‘महिला हिंसा न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याइने

काठमाडौँ, १ असोज ,,    गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । आज राष्ट्रिय मानवअधिकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलात्कारका घटनालाई सरकारले गम्भीररुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा, लागुपदार्थ...बाँकी अंश →


मोबाइल फोनको बीमा हुने

काठमाडौँ, १ असोज,,   मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेरो सुरक्षाले दिँदै आएको...बाँकी अंश →


जङ्गली हात्ती नियन्त्रण गर्न आग्रह

कञ्चनपुर, १ असोज ,,   कञ्चनपुरमा जङ्गली हात्तीले विध्वंश मच्चाउन थालेपछि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा प्रदेशसभा सदस्यले जोड दिएका छन् । भारतीय दुधुवा नेशनल पार्कबाट दुई साताअघि आएको हात्तीको ठूलो झुण्डले किसानले लगाएका धान, मकै र उखु बालीमा व्यापक नोक्सानी पु¥याएको थियो । केही दिनअघि हात्तीले शुक्लाफाँटा नगरपालिका वडा नं...बाँकी अंश →


संविधान दिवस सन्दर्भः सङ्घीय, प्रान्तीय र स्थानीय सरकारबीच अधिकार बाँडफाँट हुनुपर्छ

हेटौँडा, १ असोज ,,   लामो समयपछि संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान मुलुकको मुख्य कानूनी दस्तावेज भएकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । संविधानमा भएका कमजोरी तथा असन्तुष्टि हटाउन मुलुकका सबै पक्षले विनाभेदभाव संविधान संशोधन गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । धेरै मेहनत तथा त्याग र बलिदानबाट जनताले, जनताका लागि र जनताद्वारा...बाँकी अंश →


आधारभूत स्वास्थ्यमा जनताको सहज पहुँचको ढोका खुला

काठमाडौँ, १ असोज ,,    पछिल्लो समय नेपालले विशेषगरी नवजात शिशु तथा शिशु स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । प्राप्त पछिल्लो तथ्याङ्कअनुसार शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३२ र २३ मा झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार...बाँकी अंश →


राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन

काठमाडौँ, १ असोज ,,    राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter