१० चैत २०८२

समाचार

जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ, ५ असोज ,,   चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताउनुभयो । उहाँले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको...बाँकी अंश →


कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

काठमाडौँ, ५ असोज ,,    बझाङका २५ वर्षीय सत्य थापा र काठमाडौँका २७ वर्षीय विशाल चौलागाईंलाई युवा अवस्थामा नै केही फरक पेशा, व्यवसाय गर्ने हुटुहटी जागी रहन्थ्यो । आ–आफ्नै पेशामा रहेका उनीहरुको मनमा एक दिन नयाँ कल्पना फु¥यो, यार्सागुम्बासहितको कफीको व्यवयास गर्ने । के युवा, के वृद्ध, सबैमाझ लोकप्रिय बन्दै...बाँकी अंश →


मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा अवरुद्ध

कुश्मा, ५ असोज ,,   नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ । यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै सडक दैनिक सात घण्टाका दरले बन्द भएको हो । पूर्व–पश्चिम जोड्ने सडक तथा प्रसिद्ध तीर्थाटन एवं पर्यटकीय...बाँकी अंश →


काँग्रेसले सातै प्रदेशमा राय लिने

काठमाडौँ, ५ असोज ,,    नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले...बाँकी अंश →


नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो

काठमाडौँ, ५ असोज,,   नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो । पार्टी...बाँकी अंश →


प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ, ५ असोज ,,    त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो । सबै विद्यार्थीको पढन...बाँकी अंश →


सडक बन्द नगर्न मेलम्ची आयोजनासँग माग

काठमाडौँ, ५ असोज ,,   राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको...बाँकी अंश →


जर्मनीद्वारा रु सात अर्ब ५० करोड अनुदान सहायता

काठमाडौँ, ५ असोज ,,    जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । बर्लिनस्थित नेपाली...बाँकी अंश →


लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

लिस्बन, ५ असोज ,,   नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए...बाँकी अंश →


काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

पोखरा, ५ असोज,,     झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२...बाँकी अंश →


सशस्त्र प्रहरी बलको गुल्म स्थापना

बेत्रावती, ५ असोज ,,    नुवाकोटमा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं १९ को कार्यालय स्थापना गरिएको छ । नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा विदुरमा गुल्म हेडक्वाटरको नं १९ कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । गुल्ममा...बाँकी अंश →


प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते

बाजुरा, ५ असोज ,,    अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप गर्दै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter