
दार्चुला, ७ असोज ,, लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन । ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग...बाँकी अंश →

म्याग्दी, ७ असोज ,, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध...बाँकी अंश →

गोरखा, ७ असोज,, नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन हुनु भएको छ । जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा उदयबहादुर भट्ट र उर्मिला विष्ट, सचिवमा श्यामप्रसाद लामिछाने, सहसचिवमा गोपालबाबु...बाँकी अंश →

पाल्पा, ७ असोज ,, प्रेस युनियन पाल्पाको आठौँ अधिवेशनबाट सभापतिमा भरत शर्मा निर्वाचित हुनुभएको छ । यसअघि पनि शर्माले युनियनको सभापति रही जिम्मेवारी बहन गर्नुभएको थियो । युनियनको उपसभापतिमा खुलातर्फ पुष्करराज रेग्मी, उपसभापतिमा महिलातर्फ मन गैरे, सचिवमा रामचन्द्र रायमाझी, कोषाध्यक्षमा बिष्णुप्रसाद खनाल र सहसचिवमा सरस्वती दङ्गाल रहनुभएको छ । त्यसैगरी...बाँकी अंश →

बैतडी, ७ असोज ,, नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम परस्कार...बाँकी अंश →

काठमाडौँ, ६ असोज ,, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताउनुभयो । उहाँले शीघ्र सूचना...बाँकी अंश →

काठमाडौँ, ६ असोज ,, प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारका विभिन्न अङ्गलाई समेटेर विकासको मूलधारमा लैजाने पहलकदमी गर्नु सराहनिय कार्य भएको बताउनुभएको छ । पश्चिमाञ्चल विकास मञ्चद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले देश विकास तथा आपसी सद्भाव र भातृत्व विकासमा समेत टेवा पुगेको उल्लेख गर्नुभयो । उहाँले पश्चिमाअञ्चल क्षेत्र...बाँकी अंश →

प्युठान ७ आश्विन । ‘प्यूठानी आइडल आयो प्यूठानी आइडल’ ‘को बन्छ, को बन्छ प्यूठानी आइडल’ अहिले तपाई युट्युवमा प्यूठानी आइडल सर्च गर्नुभयो भने यहि धुन गुन्जीन्छ र प्यूठानी आइडलले विभिन्न ठाँउहरुमा लिएका अडिसनका चरणहरु हेर्न सक्नु हुनेछ । यतिबेला प्यूठानी आइडलले प्यूठान उपत्यकामा रौनकता ल्याउँदै छ । गायन तथा नृत्य...बाँकी अंश →

काठमाडौँ, ६ असोज ,, प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले हार्दिक बिदाइ अभिवादन गर्नुभयो...बाँकी अंश →

गाईघाट, ६ असोज,, जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी(बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले...बाँकी अंश →

काठमाडौँ, ६ असोज ,, खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । मन्त्री मगरले आज एक विज्ञप्ति जारी गरी अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयम नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको...बाँकी अंश →

काठमाडौँ, ६ असोज ,, नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ । असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गर्नुहुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इलाम, विराटनगर,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: