१० चैत २०८२

समाचार

पार्टीको विधान संशोधनमा गम्भीर हुनुपर्छ ,, डा कोइराला

पोखरा ९ असोज ,,   नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा उहाँले नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने...बाँकी अंश →


सहकारीलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री अर्याल

पोखरा, ९ असोज,,    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले स्थान विशेषका सम्भावनाअनुसार जनतालाई उत्पादनमा जोड्ने गरी सहकारीले योजना अघि सानुपर्ने उल्लेख...बाँकी अंश →


राष्ट्रिय क्यान्सर सतर्कता दिवस : क्यान्सरबाट बच्न सकिन्छ

चितवन, ९ असोज ,,  समयमा उपचार गर्न सके धेरैजसो क्यान्सर रोग निको हुन्छ । विकसित मुलुकमा क्यान्सर हुनुपूर्व नै सावधानी अपनाउने र भइसकेमा तत्काल उपचार गर्ने भएकाले निको हुने दर बढी छ । नेपालमा रोगले गलिसकेपछि मात्र अस्पताल पुग्ने कारण उपचारमा कठीनाइ हुने गरेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर...बाँकी अंश →


‘सरकारको नीति कार्यान्वयन नगर्नेलाई कारवाही

हेटौँडा, ९ असोज ,,   प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नगर्ने सुरक्षा निकायलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला सुरक्षा समिति सिन्धुलीको संयुक्त आयोजनामा भएको छलफलमा उहाँले राज्यको सुरक्षाको अवस्था, सुरक्षा निकायको...बाँकी अंश →


विश्वकर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, ९ असोज ,,   सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आज आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।...बाँकी अंश →


स्थायी राजधानी गोदावरी बनाउन सुझाव

धनगढी, ९ असोज ,,   प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न उपयुक्त हुने सुझाव दिएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले समितिको प्रतिवेदन...बाँकी अंश →


‘हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध’

काठमाडौँ, ९ असोज ,,   गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उहाँले राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता...बाँकी अंश →


कालीगण्डकीको मर्मत शीघ्र सम्पन्न गर्न प्राधिकरणको पहल

काठमाडौँ, ९ असोज,,   सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण गरेको छ । आयोजना यही असोज ७...बाँकी अंश →


व्यवहारमै यातायात एकाधिकार तोड्न माग

काठमाडौँ, ९ असोज ,,   कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको बताउनुभयो । टिकट बुकिङकै दिन सकियो भनी...बाँकी अंश →


बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास

काठमाडौँ, ९ असोज ,,    ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ । नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको...बाँकी अंश →


विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ ,, अर्थमन्त्री खतिवडा

काठमाडौँ, ९ असोज ,,   बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँै सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका...बाँकी अंश →


तेजाब छर्किएकी महिला गम्भीर

चितवन, ९ असोज ,,   तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter