१२ चैत २०८२

समाचार

निगमको घाटा अर्ब माथि

काठमाडौँ, १५ असोज,,   नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका...बाँकी अंश →


डिएनए परीक्षण विधि विज्ञान प्रयोगशालामा

काठमाडौँ, १५ असोज ,,   नेपाल प्रहरीले निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा सङ्कलित डिएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ । प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार कञ्चनपुर भीमदत्त नपा–२ उल्टाखामका पन्तको हत्या भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उहाँका छोरा...बाँकी अंश →


निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल अघि बढाउनुपर्छ

काठमाडौँ, १५ असोज ,,    राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको निजगढ विमानस्थलको सन्दर्भमा जनस्तरबाट आएको चासो र सरोकारका विषयमा सम्बन्धित परियोजना र मन्त्रालयबाट सही तथ्य...बाँकी अंश →


तनहँु जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असोज ,,   तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणको निर्माण कम्पनीसँग आज ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो चरणको संरचना निर्माणका लागि न्यूनतम मूल्य प्रस्ताव गर्ने इटालेली कम्पनी सिएमसीसँग आज यहाँ सम्झौता भएको हो । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट...बाँकी अंश →


नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित

काठमाडौँ, १५ असोज ,,   नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहनुभएका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको थियो । सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका...बाँकी अंश →


नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ, १५ असोज,,    सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी हुनेछन् । राउण्ड रोविनका आधारमा हुने...बाँकी अंश →


स्थानीय तहले स्वतः कर उठाउन नपाइने ,, मुख्यमन्त्री

बुटवल, १५ असोज,,    मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहले स्वतः कर उठाउन नपाइने बताउनुभएको छ । आज रुपन्देहीको योगीकुटीमा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनमा उहाँले कर लगाउन आवश्यक भए सङ्घीय सरकारको अनुमति माग्नुपर्छ भन्नुभयो । ,, मुख्यमन्त्री पोखरेलले जनतालाई केन्द्रमा राखेर स्थानीय सरकारले कर उठाउन उपयुक्त...बाँकी अंश →


करसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध ,, कार्यवाहक प्रम पोखरेल

काठमाडौँ, १५ असोज ,,   कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सर्वसाधारणलाई मारमा पार्ने कुनै पनि प्रकारका करको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य महासङ्घको ३९औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरलेले कुनै पनि स्थानीय, प्रदेश तथा सङ्घीय तहको सरकारले जनतालाई समस्या उत्पन्न हुने कुनै...बाँकी अंश →


पत्रकारिताले संवाहकको भूमिका निर्वाह गर्नुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, १५ असोज ,,, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रले मुलुकको स्वतन्त्रताको रक्षा गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १५ औँ वार्षिकसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्र जनता र सरकार बीचको संवाहकको भूमिका निर्वाह गर्न सक्नुपर्छ ।” मुख्यमन्त्री...बाँकी अंश →


एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

काठमाडौँ, १५ असोज ,,   सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो ।...बाँकी अंश →


‘नैतिक शिक्षाको अभावमा मानवता हरायो’

चितवन, १५ असोज ,,   युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि सम्पन्न परिवारसम्मका ज्येष्ठ नागरिक अभिभावक विहीन बनेका छन् । गलेश्वर आश्रम देवघाटका पिठाधीश आत्मानन्द गिरी ज्येष्ठ नागरिक अभिभावकविहीन बनेको बताउनुहुन्छ ।...बाँकी अंश →


अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो

भोजपुर, १५ असोज,, अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन । लेगुवा – भोजपुर सडक कालोपत्रे योजनाका लागि भन्दै विनाअनुमति क्रसर उद्योग सञ्चालन भइरहेको हो । तत्कालीन जिल्ला विकास समितिले पटक पटक कानूनी दायरामा आउनका लागि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter