
राजविराज, १६ असोज,, सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् । हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् । घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट...बाँकी अंश →

काठमाडौँ, १६ असोज,, डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह...बाँकी अंश →

काठमाडौँ, १६ असोज,, सङ्घीय संसद्को दोस्रो अधिवेशन राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । वैशाख २३ गते प्रारम्भ भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले संवैधानिक व्यवस्थाअनुरुप मौलिक हक र कर्तव्यसँग सम्बन्धितसहित १८ विधेयक पारित गरेको थियो । अधिवेशन समापनका...बाँकी अंश →

काठमाडौँ, १६ आसोज,, नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज पहिलो सेमफिाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा दोस्रो सेमिफाइलनमा एपिएफले न्यू डायमण्ड क्लबसँग खेल्नेछ ।...बाँकी अंश →

घोराही, १६ असोज ,, नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ । घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिनुभयो । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको...बाँकी अंश →

पशुपतिनगर, १६ असोज ,, पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ । भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३ को पाथीभरा संरक्षण संस्थाले पर्यटकले रात बिताउन सक्ने अतिथि सदन बनाएको हो । विसं. २०६९ सालबाट निर्माण शुरु भएको अतिथि...बाँकी अंश →

घोराही, १६ असोज ,, सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने...बाँकी अंश →

काठमाडौँ, १६ असोज,, भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि...बाँकी अंश →

बाजुरा, १६ असोज ,, खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली निकालेका छन् । गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले ¥याली निकालेका हुन् । वडा महिला अधिकार मञ्चको अगुवाइमा वडा नं ७ को बुडावाडा, ओलीगाउँ र दानीगाउँमा महिलाले ¥याली निकालेका...बाँकी अंश →

बर्दिवास, १६ असोज,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताउनुभएको छ । मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान सफल हुने बताउनुभयो । शिक्षा विधेयक पारित...बाँकी अंश →

तुलसीपुर, १६ असोज,, लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता...बाँकी अंश →

नेपालगञ्ज, १६ असोज ,, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका लगाएर प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गर्नुभएको हो । सो अवसरमा केन्द्रका अध्यक्ष सरिता खनाललाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: