
बर्दिवास, १७ असोज,, महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् । भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन् । कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन् । आफूलाई विद्यालय परिसरमा छरिएको...बाँकी अंश →

गोरखा, १७ असोज وو मनास्लु हिमाल आरोहण गरी फर्किदै गरेका एक चेक नागरिक बेपत्ता भएका छन् । यही असोज १३ गते किलर माउन्टेनको भनेर चिनिने मनास्लु आरोहण गरेर फर्किदै गरेका चेक रिपब्लिकका ४३ वर्षीय रोमन हलाब्कोे बेपत्ता भएका हुन् । उनीसँगै फर्किएका अन्य तीन चेक नागरिक र एक नेपाली भने...बाँकी अंश →

पोखरा, १७ असोज ,, कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको छ । त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको तथ्याङ्कले देखाएको छ । परिवार नियोजन सङ्घ...बाँकी अंश →

काठमाडौँ, १७ असोज ,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकाङ्ग्रेसले नै...बाँकी अंश →

सप्तरी, १७ असोज,, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताउनुभएको छ । सिरहाबाट राजविराज आइपुग्नुभएका महतोले आज यहाँ पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै...बाँकी अंश →

भक्तपुर, १७ असोज ,, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने दाबी गर्दै यसलाई जिल्लामै राख्नुपर्ने...बाँकी अंश →

चितवन, १७ असोज ,, गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताउनुभएको हो । देशभरमा ३६ हजारभन्दा...बाँकी अंश →

काठमाडौँ, १७ असोज ,, पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन । पाकिस्तानको रावलपिन्डी...बाँकी अंश →

तुलसीपुर, १७ असोज ,, तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले यसवर्ष ३० क्वीन्टल तो रीको बीउ वितरण गरे को छ । तुलसीपुर उपमहानगरपालिका–१९ वटा वडाका किसानलाई अनुदानमा उन्नत जातको तोरीको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभएको छ । कृषि शाखाले शान्तिनगर–३ साउनेपानीस्थित दीप कृषि सहकारी संस्था र साउने पानी सहकारीबाट...बाँकी अंश →

पाँचथर, १७ असोज ,, पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करीब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ...बाँकी अंश →
काठमाडौँ, १७ असोज ,, दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले राससलाई जानकारी दिनुभयो । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ...बाँकी अंश →

धनगढी, १७ असोज ,, कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: