१२ चैत २०८२

समाचार

क्यान्सर पीडित बालकलाई सहयोग

काठमाडौँ, १८ असोज,,   सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पीडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ । चौतारा साँगा चोकगढी–९ सुटुके निकासी नारायण श्रेष्ठ तथा सुशीला श्रेष्ठको पाँच वर्षीय छोरा साइरसलाई रु ८५ हजार ५०१ सहयोग प्राप्त भएको हो । उक्त...बाँकी अंश →


नेपाल–अष्ट्रेलिया साझेदारी

काठमाडौँ, १८ असोज,,   नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ । संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । जलस्रोत व्यवस्थापनमा विश्वमा कहिलिएको मुलुक अष्ट्रेलियासँगको साझेदारीबाट नेपाल लाभान्वित हुने जल तथा शक्ति आयोगका...बाँकी अंश →


कर वृद्धि विरुद्धको आन्दोलन फिर्ता

लहान, १८ असोज,,   मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महीनादेखि जारी आन्दोलन फिर्ता भएको छ । नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित...बाँकी अंश →


अपराधी चाँडै पक्राउ हुने

सप्तरी, १८ असोज ,,   स् सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ । सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार हुनुभएको थियो । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिनुभएको थियो । घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि...बाँकी अंश →


सवारी चल्न दिनुपर्ने माग

भद्रपुर, १८ असोज ,,   मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो । मैत्री सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मी र प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीसहित गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग...बाँकी अंश →


‘महिला सशक्तीकरण राज्यको मेरुदण्ड’

काठमाडौँ, १८ असोज,,  यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ । मितिनी नेपालको युवा महिला नेता समूहले बुधबार आयोजना गरेको ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ विषयक अन्तरक्रियामा राजनीतिक परिवर्तनका लागि महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेकाले अब पितृसत्ता प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइएको...बाँकी अंश →


ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र खुल्दै

चौतारा, १८ असोज,,   सामुदायिक वनको जननीका रुपमा परिचित सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ठोकर्पामा सामुदायिक वन सम्बन्धी अध्ययन केन्द्रको निर्माणको थालनी शुरु भएको छ । सामुदायिक वन सम्बन्धमा अध्ययन अनुसन्धान गर्न शुरु भएको योजना तथा विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेकाले अध्ययन केन्द्रको निर्माण कार्य थालनी शुरु भएको हो । अध्ययन केन्द्र निर्माणका...बाँकी अंश →


सिन्की र अचार पाइने कोसेली घर

तुलसीपुर, १८ असोज ,,  दाङ जिल्ला उद्योग वाणिज्य सङघले घोराहीमा कोसेली घर सञ्चालन गर्ने भएको छ । कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री र जिल्लामा उत्पादन हुने च्याउ, मह, सिन्की, अचार, चिप्स, ढकीया, माटाका भाँडा, घ्यू तथा धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको बारेमा जानकारी लिन सक्ने व्यवस्था गरिने छ...बाँकी अंश →


चिकित्सक अभावमा सेवा प्रभावित

लमही, १८ असोज ,,   दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विमलेस गुप्ताले बताउनुभयो । अहिले डा गुप्ताले मात्रै अस्पताल धान्नुपरेको छ । तीन...बाँकी अंश →


बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

पर्वत, १८ असोज,,   बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको...बाँकी अंश →


कृषि ज्ञान केन्द्र स्थापना

सप्तरी, १८ असोज,,  कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा बुधबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्नुभयो । साविकको जिल्ला कृषि...बाँकी अंश →


चोरीको सामानसहित पक्राउ

भक्तपुर, १८ असोज ,,  चाँगुनारायण नपा–९ ताथली बस्ने हीरा राउतको घरमा ढोका फोडेर चोरी गर्नेलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । सो अभियोगमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय कपिलदेव सुकमनीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter