१२ चैत २०८२

समाचार

सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण तयारी

विराटनगर, १८ असोज,,   प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ भन्नुभयो । उहाँले प्रदेश नं १ अन्तर्गत...बाँकी अंश →


पुरानै स्वरुपमा फर्कदै मल्लकालीन एक मन्दिर

ललितपुर, १८ असोज,,   राणाकालमा स्वरुप परिवर्तन भएको मल्लकालीन एक मन्दिर फेरि पुरानै स्वरुपमा निर्माण हुने भएको छ । गाबहालस्थित भाइ देग (मन्दिर) झण्डै आठ दशकपछि पुरानै स्वरुपमा फर्काउन लागिएको हो । यो मन्दिर विसं १९९० को भूकम्पमा क्षतिग्रस्त बनेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।...बाँकी अंश →


धैबुङ –धोबीखोला सडक सञ्चालन

रसुवा, १८ असोज,,   वर्षाका कारण गत असारदेखि अवरुद्ध धैबुङ घुम्तीदेखि पूर्वी भेक जिबजिबेतर्फको ग्रामीण कृषि सडकमा आजदेखि यातायात सञ्चालन भएको छ । कालिका गाउँपालिका – ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यको निजी सहयोगबाट स्काभेटरको सहायताले पाँच दिनको प्रयासमा धैबुङ घुम्ती –जिबजिबेबीच धोबीखोला पहिरो पन्छाउने कार्य बुधबार...बाँकी अंश →


हिमाल नाघेर भित्रिन थाले चरा

काठमाडौँ, १८ असोज (रासस) ः जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो । उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधि...बाँकी अंश →


छ महीनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य

काठमाडौँ, १८ असोज,,   निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करीब चार महीनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट विमान उडाउन सकिने...बाँकी अंश →


एक साताभित्र दोषीमाथि कारवाही’

काठमाडौँ, १८ असोज,,   गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारवाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै उहाँले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष...बाँकी अंश →


अदालतमा नेपाली भाषा प्रष्ट बनाऔँ’

बलेवा, १८ असोज,,   बागलुङ अदालतमा प्रयोग हुने भाषालाई जटिल र क्लिष्ट बनाइयो भने भविष्यसम्म रहने नजीरमा समस्या हुन्छ । फैसला हुँदा हारजीत हुनेले पनि आफू के कारणले हारेको वा जितेको भन्ने समेत प्रष्ट नहुने खतरा रहन्छ । अदालतमा यस्ता उदाहरण धेरै भएका छन् । त्यसैले सर्वोच्च अदालतबाटै भाषामा शुद्धता ल्याउने...बाँकी अंश →


कृषकको पहिचानका लागि वर्गीकरण

पोखरा, १८ असोज,,  गण्डकी प्रदेश सरकारले वास्तविक कृषकको पहिचानका लागि वर्गीकरण शुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि–२०७५ तयार गरी त्यसैका माध्यमबाट यहाँका ११ वटै जिल्लाका प्रत्येक वडामा कृषक वर्गीकरण गर्न लागेको हो । मन्त्रालयका सचिव शरद्चन्द्र श्रेष्ठका अनुसार मन्त्रालयले पर्वतको...बाँकी अंश →


सुदूरपश्चिमका १२ स्थानमा ‘नागरिक सहायता कक्ष’

डोटी, १८ असोज (रा,,  दशैँ तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा शुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द...बाँकी अंश →


दशैँ मनाउन घर फर्किदै नेपाली

बाँके, १८ असोज (रासस) ः भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुग्नुभयो । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिनुहुन्थ्यो । उहाँलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । “कमाएको पैसा घर...बाँकी अंश →


अतिक्रमित टहरा भत्काइयो

घोराही, १८ असोज,,  आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १४का वडाध्यक्षले भत्काएका छन् । घोराहीको सेवार खोलाको वारी १३ नम्बर वडाको जग्गा र १४ नम्बरमा रहेको बहुउद्देश्यीय पशुपति महिला सामुदायिक वन समूहको...बाँकी अंश →


दुर्घटनामा साइकलयात्रीको मृत्यु, तीन घाइते

भद्रपुर, १८ असोज,,   पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter