१२ चैत २०८२

समाचार

राजमार्गदेखि भित्री सडकसम्म सुरक्षा

चितवन, १९ असोज,,   जिल्ला प्रहरी कार्यालय चितवनले दशैँ, तिहार र छठलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियायाकलाप बढ्न सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । यो योजना बिहीबारबाट लागू भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो...बाँकी अंश →


दशैँ तिहारका लागि विशेष सुरक्षा योजना

पोखरा, १९ असोज ,,   दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै दशैँ र तिहारमा २४सै घण्टा सुरक्षा प्रदान गर्न ६०० को हाराहारीमा सुरक्षाकर्मी परिचालित गर्ने जानकारी दिनुभयो । शान्ति सुरक्षाकै लागि...बाँकी अंश →


साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

काठमाडौँ, १९ असोज ,,   भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र...बाँकी अंश →


दुर्घटना न्यूनीकरणका लागि महाअभियान

भद्रपुर, १९ असोज,,   पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरण गर्न प्रदेशस्तरीय महाअभियान सञ्चालन हुने भएको छ । आगामी मङ्सिर ४ गते बिर्तामोडमा अभियानको सुरुवात गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिनुभयो । चार चरणमा सञ्चालन हुने महाअभियानको शुभारम्भ अवसरमा मङ्सिर ४ गते नेपालको चर्चित साङ्गीतिक...बाँकी अंश →


कलेजो पीडितलाई तीन लाख सहयोग

दमक, १९ असोज,,  कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ । हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले बिरामीको उपचारका लागि रु तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गर्नुभएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ...बाँकी अंश →


दिपायल विमानस्थल निर्माण अलपत्र

डोटी, असोज १९,,   निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ । समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने÷नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरुद्ध भएको हो । कालोपत्रेको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नबढाएको नेपाल नागरिक उड्डयन...बाँकी अंश →


डिजिटल बोर्डबाट पढाइ

रुकुम, पश्चिम, १९ असोज ,,   आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती मावि र वडा नं ९ राडीको शहीद स्मृति नमूना माविमा हाल डिजिटल बोर्डबाट पढाइ थालिएको हो । सञ्चार र...बाँकी अंश →


बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौँ, १९ असोज,,   नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका...बाँकी अंश →


बलेवा विमानस्थल पुनः सञ्चालनमा

लेवा, १९ असोज,,   तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको...बाँकी अंश →


शेयर कारोवारको विवरण ‘मेरो शेयर’मार्फत

काठमाडौँ, १८ असोज,,   दोस्रो बजारमा लगानी गर्ने शेयर लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोवारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् । ‘सिडएस एण्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोवार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रुपमा निर्देशन पूँजी जारी गर्ने सुविधा थप गरेको हो । सिडिएस एण्ड...बाँकी अंश →


जनताको भावनाअनुसार काम हुनुपर्छ ः अध्यक्ष यादव

राजविराज, १८ असोज ,,   राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरुपमा सरकार असफल भइसकेको विचार व्यक्त गर्नुभएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले राजविराजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको...बाँकी अंश →


सन्थाल बालबालिकालाई सहयोग

भद्रपुर, १८ असोज ,,   सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आज वीरता जेसिजले विद्यालय पोशाक, झोलालगायत सामग्री सहयोग प्रदान गरेको छ । सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच वृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसिजले ती सामग्री प्रदान गरेको जेसिजका अध्यक्ष एकराज गिरीले बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter