
काठमाडौँ, १९ असोज ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा...बाँकी अंश →

परासी, १९ असोज,, प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले औद्योगिक प्रतिष्ठानको स्थापना गर्दा शान्ति र पर्यटनको गन्तव्य प्राचीन रामग्रामलाई असर पर्न नहुने बताउनुभएको छ । पश्चिम नवलपरासीको रामग्राम क्षेत्रमै पछिल्लो समय ठूला ठूला उद्योग खुल्ने क्रम बढिरहँदा गौतमबुद्धको सिङ्गो अस्थधातु रहेको प्राचीन, पुरातात्विक तथा धार्मिकस्थल रामग्राम स्तूप,...बाँकी अंश →

अत्तरिया, १९ असोज,, पछिल्ला केही वर्षयता कर्णालीलगायत सहायक नदीमा बस्ने जलचर प्राणी लोप हुँदै गएपछि स्थानीयवासी चिन्तित भएका छन् । कर्णाली नदीमा पाइने सहर जातिका माछा, स–साना भुरा माछा, घडियाल गोही, विश्वमै दुलर्भ मानिने डल्फिनलगायत लोप हुँदै गएका छन् । विगत २०÷२५ वर्षअघि कर्णाली नदीमा सहर (महाशेर) माछा छ्याप्छ्याप्ती पाइने...बाँकी अंश →

बर्दिवास, १९ असोज ,, महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख...बाँकी अंश →

ललितपुर, १८ असोज,, पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमको आयोजनाले नेपाली र चिनियाँ जनताका बीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ...बाँकी अंश →

चितवन, १९ असोज,, चारैतिर निकुञ्ज र मध्यवर्ती वन क्षेत्रले घेरिएको माडीका बासिन्दाले वन्यजन्तुको मार सहे पनि पर्यटकीय लाभ भने लिन पाएका छैनन् । महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि माडी ओझेलमा परेको छ । निकुञ्जमा हरेक वर्ष दुई लाख हाराहारीमा पर्यटक भित्रिने गर्दछन् । माडी क्षेत्रमा भने ती पर्यटक पुग्न सकेका...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, विश्वव्यापी तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियस वृद्धि हुँदा देखिने सम्भावित प्रभाव, जोखिम र त्यसलाई सम्बोधन गर्न सकिने उपायबारेमा विशेष प्रतिवेदन तयार भएको छ । दक्षिण कोरियाको सोङ्डो शहरमा यही अक्टोबर १ देखि ५ सम्म सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) को ४८औँ बैठकले सो...बाँकी अंश →

सुर्खेत, १९ असोज ,, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री कानून निर्माणमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री रावलले अपाङ्गता भएका व्यक्तिको हितमा सरकारले नीति तथा कानून बनाउने उहाँले जनाउनुभयो...बाँकी अंश →

पोखरा, १९ असोज ,, कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि बल्ल सञ्चालनमा आएको छ । आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । आज आन्दोलनरत कर्मचारी र प्रशासनबीच बसेको वार्ताबाट सहमति जुटेको हो । सहमतिअनुसार अस्थायी कर्मचारी...बाँकी अंश →

विराटनगर, १९ असोज ,, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै र«ाष्ट्रसेवक कर्मचारीको...बाँकी अंश →

खोटाङ, १८ असोज,, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ । पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो । करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो ।...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको परराष्ट्र मन्त्रालयमा बिहीबार भएको पहिलो बैठकमा आपसी हितका विषयलाई प्रवद्र्धन गर्न सहमति भएको छ । बैठकले व्यापार, लगानी, पर्यटन, कृषि, आप्रवासन, शिक्षा, जलवायु परिवर्तन र प्रविधि हस्तान्तरणका क्षेत्रमा नियमित रुपमा घनीभूत ढङ्गले छलफल गर्न सहमति जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा नेपाल सरकारका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: