
साँखु, काठमाडौँ, २० असोज,, कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी...बाँकी अंश →

पशुपतिनगर, इलाम, २० असोज ,, विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र...बाँकी अंश →

बुटवल, २० असोज,, सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच गर्ने क्रममा डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीमा भारतको झजर...बाँकी अंश →

काठमाडौँ, २० असोज,, काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट...बाँकी अंश →

काठमाडौँ, १९ असोज ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्माको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपाल तत्पर रहेको विश्वास दिलाउनुभएको छ । उहाँले भन्नुभयो, “नेपालको आफ्नै मौलिकतामा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नमूना हो ।” नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको म्यानमारको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’को टोलीसँग आज परराष्ट्र...बाँकी अंश →

काठमाडौँ, १९ असोज ,, उपराष्ट्रपति नन्दबहादुर पुन म्यान्माको शान्ति प्रक्रियालाई सार्थक सफलताको शुभकामना दिनुभएको छ । उहाँले म्यान्मा जारी युद्धविराम स्थायी शान्तिमा परिणत हुने शुभेच्छासहित शान्ति प्रक्रियामा आवश्यक परे नेपालले सहयोग गर्न सक्नेसमेत बताउनुभयो । नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको म्यान्माको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’को टोलीसँग...बाँकी अंश →

सप्तरी, १९ असोज ,, क्षतिपूर्तिबापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले आज तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का २९ वर्षीय विजय यादव, राजविराज...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, केन्द्रीय बाल कल्याण समितिले आव २०७४÷०७५ मा ५८३ वटा बालअधिकार हननसम्बन्धी घटना भएको जनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको उक्त समितिका अनुसार ती घटनामा बाल श्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, ओसारपसारलगायत ११ शीर्षकमा एक हजार २७३ बालबालिका प्रभावित भएका छन् । सबैभन्दा बढी...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ ले जिल्ला तहमा एकता नहुँदासम्मका लागि पदाधिकारीहरुलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिएको छ । प्रदेश नं ३ इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले जिल्ला तहमा पार्टीको गतिविधिमा शून्यता भएपछि पूर्वनेकपा (एमाले) र पूर्वनेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका पदाधिकारीलाई आफ्ना मातहतका...बाँकी अंश →

काठमाडौँ, १९ असोज ,, कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् । सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा रु ५७६ तोकिए पनि रु ९०० सम्म लिइएको छ । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा रु एक हजार ४१ तोकिए पनि रु एक हजार ५०० सम्म लिइएको छ । कोटेश्वरबाट...बाँकी अंश →

काठमाडौँ, १९ असोज ,, विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४÷०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिनुभयो । शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: