१२ चैत २०८२

समाचार

नेपाल १४० रनले विजयी

काठमाडौँ, २२ असोज,,   आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव...बाँकी अंश →


बालविवाहको पीडामा किशोरीहरु

बुटवल, २१ असोज,,  रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडेरीयाकी प्रमिला हरिजन (नाम परिवर्तन) को ८ वर्षको कलिलो उमेरमा बाबुआमाले विवाह गरिदिए । विवाहपछि पाँच वर्षका लागि माइतीमै बसेकी हरिजनले गौना जानासाथ पढाइ पनि छाडिन् । रुपन्देहीकै मर्चहवाका युवकसँग सानैमा बिहे भएकाले आफूलाई मन नपरेको भन्दै श्रीमान् अर्को विवाह गरेर भागिदिए र...बाँकी अंश →


कुखुरापालनमा बीस अर्ब बाहिरिँदै

चितवन, २१ असोज,,   कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईकाअनुसार दानाका...बाँकी अंश →


पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि

काठमाडौँ, २१ असोज,,   सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले...बाँकी अंश →


हरिभवनको पुनः निर्माण गर्न समस्या छैन ,, प्रमुख शाक्य

काठमाडौँ, २१ असोज,,   काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । “यो बाघदरबार होइन, हरिभवन हो, सय वर्ष नपुगेकोले यो पुरातात्तित्क होइन , त्यही भएर यसलाई नभत्काउनु पर्ने कुनै कारण...बाँकी अंश →


स्याउको आयात बढ्यो

रसुवा, २० असोज,,   बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् । गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ । दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ...बाँकी अंश →


मनसुन बाहिरिएसँगै चिसो बढ्यो

काठमाडौँ, २१ असोज ,,   बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ ।...बाँकी अंश →


रामग्राममा सिमेन्ट उद्योग

नवलपरासी, २१ असोज ,,  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालनको काम शुरु भएको छ । करीब रु तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरीद गरी अहिले पर्खाल निर्माणको काम भइरहेको छ । वातावरण प्रदूषणलाई ध्यानमा राखेर उपकरण जडान गरिने...बाँकी अंश →


वायरलेससहितको इन्टरनेट

दार्चुला, २१ असोज,,   दुहूँ गाउँपलिकामा बिनातार वायरलेससहितको इन्टरनेट सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाले चालू आवकोे बजेटमा गाउँपालिका, वडा तथा विषयगत कार्यालयमा इन्टरनेट जडानका लागि रकम छुट्याएको थियो । गाउँपालिकाको नियमित कामकाजमा सहज गराउने उद्देश्यले शिखर नेट प्रालिसँगको सहकार्यमा इन्टरनेट जडान गरिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय...बाँकी अंश →


नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्र बैठक कात्तिकमा प्रस्ताव

काठमाडौँ, २१ असोज,,   ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल– बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति प्रस्ताव गर्दै आवश्यक सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई यही असोज १८ गते शुक्रबार पत्राचार गरेको छ ।...बाँकी अंश →


रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

ओखलढुङ्गा, २१ असोज ,,   ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन ः सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडाँै–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताउनुभयो । “रुम्जाटारमा मङ्गलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार...बाँकी अंश →


लुम्बिनीमा ‘त्रिपिटक’ वाचनको तयारी

बुटवल, २१ असोज ,,   नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि बुद्धको जन्मस्थलमा अहिलेसम्म हुन नसकेकाले अखिल नेपाल भिक्षु महासङ्घले यसको तयारी थालेको हो । आगामी कात्तिक २८ देखि ३० गतेसम्म...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter