
काठमाडौँ, २२ असोज ,, बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु गरिएको छ । नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा परिषद्, अहिंसाप्रेमी शाहाकारी समाजलगायत २८ वटा सामाजिक सङ्घसंस्थाका पहलमा शक्तिपीठ तथा कोतघरमा दशैँका बेलामा हुने बलि रोक्न माग गर्दै अभियान...बाँकी अंश →

बागलुङ, २२ असोज,, नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला...बाँकी अंश →

काठमाडौँ, २२ असोज,, जुनियर टेनिस इन्सेटिभको संयोजन, नेपाल टेनिस सङ्घको सहकार्य तथा नौलिन स्पोर्ट्स भिल्लाको आयोजनामा फस्ट नौलीन जेआइटी जुनियर टेनिस च्याम्पियनसीप २०१८ मङ्गलबारदेखि शुरु हुँदैछ । बूढानीलकण्ठस्थित भिल्लाकै कोर्टमा हुने सो प्रतियोगितामा १२ स्पर्धा (समूहगत प्रतिस्पर्धा) समावेश गरिएको छ । प्रतियोगिता यही असोज २७ गतेसम्म सञ्चालन हुनेछ । सङ्घको...बाँकी अंश →

काठमाडौँ, २२ असोज ,, सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो । प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती गर्न...बाँकी अंश →

बझाङ, २२ असोज ,, बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा अवैध घरेलु मदिरा छापा मारी नष्ट गरेको हो । जिल्लास्थित चैनपुरको भोटेटोल, भोपुर र...बाँकी अंश →

बेत्रावती, २२ असोज ,, काठमाडाँै उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पु¥याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गर्नुभयो । फोहर...बाँकी अंश →

उर्लाबारी, २२ असोज ,, मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४०...बाँकी अंश →

कञ्चनपुर, २२ असोज,, खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला...बाँकी अंश →

लहान, २२ असोज ,, सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर...बाँकी अंश →

राजविराज, २२ असोज,, सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो...बाँकी अंश →

चौतारा, २२ असोज ,, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४...बाँकी अंश →

काठमाडौँ, २२ असोज,, ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: