०६ चैत २०८२

समाचार

भरतपुरलाई शनिबार सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिने

चितवन, ८ कात्तिक  भरतपुर महानगरपालिकालाई यही कात्तिक ९ गते शनिबार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले प्रभावकारीरूपमा गृहकार्य गरी घोषणाको तयारी गरेको बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका...बाँकी अंश →


भारतबाट उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा

सप्तरी, ८ कात्तिक  एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास...बाँकी अंश →


लिइएको बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

पर्सा, ८ कात्तिक  नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका...बाँकी अंश →


खोलेमा परेर बालकको मृत्यु

इलाम, ८ कात्तिक  यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।...बाँकी अंश →


नेकपाले उम्मेदवारको टुङ्गो लगायो

बैतडी, ८ कात्तिक  अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ । नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । पीपलकोटमा सम्पन्न नेकपा दोगडाकेदार गाउँपालिका कमिटीको बैठकबाट भट्टलाई...बाँकी अंश →


सूर्योदयमा बन्ने भयो ‘टी टेस्टिङ सेन्टर’

इलाम, ८ कात्तिक  चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै यहाँस्थित सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ । सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो । यसअघि प्रदेश नं १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भए पनि सूर्योदय नगरपालिकाले समेत साझेदारीमा...बाँकी अंश →


फोनिज सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

कैलाली, ८ कात्तिक  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिम प्रदेशको विहीबार धनगढीमा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा भीम चौधरी सर्वसम्मत चयन हुनुभएको छ । महासङ्घको उपाध्यक्षमा किशोर तामाङ, महिला उपाध्यक्षमा चन्द्रीका चौधरी, महासचिवमा धनबहादुर कुस्मी, सचिवमा रञ्जित लामा र सुधराम दहित तथा कोषाध्यक्षमा बलराम चौधरी चयन हुनुभएको छ । त्यस्तै...बाँकी अंश →


अठारौँ ‘नाम’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बाकुमा

बाकु, अजरबैजान, ७ कात्तिक    प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज अबेर राति यहाँ आइपुग्नु भएको छ । शुक्रबारदेखि शुरु हुन गइरहेको दुईदिने सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी...बाँकी अंश →


पालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो

काठमाडौँ, ७ कात्तिक    नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि...बाँकी अंश →


चौहत्तरौँ राष्ट्रसङ्घ दिवस मनाइँदै

काठमाडौँ, ७ कात्तिक  संयुक्त राष्ट्रसङ्को ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय सभागृहमा आज बिहान नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टिकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको...बाँकी अंश →


प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्रीबाट

काठमाडौँ, ७ कात्तिक  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा...बाँकी अंश →


युवा परिचालन कार्यक्रम पहिचान गर्न समिति गठन

काठमाडौँ, ७ कात्तिक  सरकारले युवा परिचालनका लागि कार्यक्रम पहिचान गर्न युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको छ । सरकारले यस आर्थिक वर्षलाई युवा परिचालन वर्ष मनाउने निर्णय गरेसँगै युवालाई कसरी, कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्नका लागि समिति गठन गरिएको मन्त्रालयका युवा परिचालन तदर्थ परामर्श...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter