१३ चैत २०८२

समाचार

आगजनी सम्बन्धीखोज तथा उद्धार अभ्यास अनुशिक्षण कार्यक्रम सम्पन्न

रुपन्देही २२ आश्विन । मर्चवारको कोटहीमाइ गाँउपालिका स्थित आर्दश उच्चमा.वि. मझगावमा सशस्त्रप्रहरी वल नेपाल गण हेड क्वाटर रुपन्देहीको आयोजनामाबिपदजोखिमन्युनीकरण कालागिअन्र्तराष्ट्रियदिवस को अवसर माआयोजितआगजनी सम्बन्धिखोज तथा उद्धार अभ्यास अनुशिक्षण कार्यक्रममा सशस्त्रप्रहरी निरीक्षकअपार प्याकुरेल प्रशिक्षकको रुपमा खटि गई सशस्त्रप्रहरी बल ले अस्थायी झुपडी घर वनाएर आगजनी बाट कसरी बच्ने र आगजनीभइसके पछिअपनाउनु...बाँकी अंश →


नेपालको अर्थतन्त्रमा धानको महत्व

काठमाडौँ, २२ असोज,,   नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः...बाँकी अंश →


औलोका बिरामी घट्दै

बैतडी, २२ असोज ,,   सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् । औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा...बाँकी अंश →


धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम ओझेलमा

बेनी, २२ असोज ,,   बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम प्रचारको अभावमा ओझेलमा परेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । समुन्द्री सतहदेखि करीब दुई हजार ५०० मिटर उचाइमा अवस्थित सो स्थल प्राकृतिकरुपमा रमणीय र धार्मिक...बाँकी अंश →


सूर्यचन्द्र नमूना मावि

अछाम, २२ असोज,,  साँफेबगर नगरपालिका–१ कालिमाटीस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमूना मावि अब्बल बन्दै गएको छ । सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय बर्सेनी पुरस्कृत हुँदै गएको छ । पछिल्लो समय सूर्यचन्द्र मावि विद्यार्थी, अभिभावक र आम सरोकारवालाको आकर्षणको केन्द्र बनिरहेको छ । विद्यालयको परीक्षाफल ५० प्रतिशतभन्दा...बाँकी अंश →


राप्तीमा थप चार चिकित्सक

दाङ, २२ असोज ,,   राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा जनार्दन पन्थी सरुवा भएर राप्ती अञ्चल अस्पताल आउनु भएको...बाँकी अंश →


नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौँ, २२ असोज,,   नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा भ्रमणका अवसरमा विभिन्न...बाँकी अंश →


वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व

काठमाडौँ, २२ असोज ,,   सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले स्थानीयस्तरमा गरिएको वन क्षेत्रको पुनःसंरचनाले द्वैध शासन र द्वन्द्व सिर्जना हुने दावी गरेको छ । महासङ्घले सो धारणा सार्वजनिक गर्दै सरकारले वन क्षेत्रमा संवैधानिक व्यवस्थाको मर्मविपरीत डिभिजन र सवडिभिजन वन कार्यालयको अवधारणा लागू गरेको आरोप लगाएको छ । यसले...बाँकी अंश →


भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

नेपालगञ्ज, बाँके, २२ असोज ,,   दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आउनुभएकी मिरा सिलवालको गुनासो हो यो । दशैंलाई लक्ष्य गरेर नेपालगञ्जमै...बाँकी अंश →


चिकित्सक थपिएपछि उपचारमा सहज

दाङ, २२ असोज ,,   दरबन्दीअनुसारका चिकित्सक नहुँदा आम नागरिकले उपचार पाउन नसकेको राप्ती अञ्चल अस्पतालमा अहिले एक शल्य चिकित्सक सहित चार चिकित्सकले सेवा दिन थालेका छन् । उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा गएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा सल्यचिकित्सक जनार्दन पन्थीका साथै स्वास्थ्य सेवा विभागले दुई र तुलसीपुर...बाँकी अंश →


निर्मला हत्याकाण्ड ः दुई प्रहरी निलम्वनमा

काठमाडौँ, २२ असोज ,,   निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा...बाँकी अंश →


इन्टरपोलका अध्यक्ष मेङ होङवेईले गरे राजीनामा

बेइजिङ, २२ असोज ,,   गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter