
चितवन, २२ असोज ,, विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए ।...बाँकी अंश →

काठमाडौँ, २२ असोज ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी र भू तथा वन...बाँकी अंश →

तुलसीपुर, २२ असोज,, करीब साढे चार करोड लागतमा आँखा अस्पतालको सुविधा सम्पन्न बहिरङ्ग सेवा भवन निर्माण सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सङ्घ दाङद्वारा सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भवन रु चार करोड ४९ हजार २३ हजार लागतमा सम्पन्न भएको हो । दातृ निकाय एनएबिपीको रु दुई करोड...बाँकी अंश →

खोटाङ, २२ असोज,, कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ । वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै सडक खण्डको कालोपत्रको काम हिउँद लागेसँगै पुनः सञ्चालन गरिएको हो । करीब रु एक अर्ब नौ करोड १९ लाखको लागतमा सम्पन्न हुनुपर्ने दिक्तेल–चखेवा ८८ किलोमिटर...बाँकी अंश →

भोजपुर, २२ असोज ,, जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि बसेको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरले आयोजना गरेको सो छलफलमा भोजपुर नगरपालिकाको वडा नं १ र २...बाँकी अंश →

पाल्पा, २२ असोज ,, रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहनु भएको छ । अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड...बाँकी अंश →

दमौली, २२ असोज ,, जिल्लामा तीन महीनाको अवधिमा चार महोत्सव सञ्चालन हुने भएको छ । असोज, कात्तिक र मङ्सिर महीनामा जिल्लाका विभिन्न स्थानमा महोत्सव हुन लागेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज...बाँकी अंश →
चितवन, २२ असोज ,, नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताउनुभयो । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, २२ असोज,, दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न...बाँकी अंश →

नेपालगञ्ज, २२ असोज,, बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालित सो परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर क्षेत्रफलमा मकैखेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टरमा मकैखेती गरिएको छ । बाँकेका परियोजना प्रमुख...बाँकी अंश →

पर्वत, २२ असोज,, कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ । आइतबार असिना पानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको राम्जाका केही भागमा धानबालीमा क्षति...बाँकी अंश →

पोखरा, २२ असोज ,, पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ ।दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको हो । मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: