१३ चैत २०८२

समाचार

प्रमुख सचेतकमा राजभण्डारी

विराटनगर, २३ असोज,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक...बाँकी अंश →


बैतडी–दार्चुला जोड्ने पुल जीर्ण बन्दै

बैतडी, २३ असोज ,,   बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९÷६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ । दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठ बताउनुहुन्छ । दार्चुलालाई सडक सञ्जालसँग...बाँकी अंश →


स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दी २३ असोज ,,   रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले करीब रु एक करोड ७० लाखको लागतमा सो भवन निर्माण गरेको हो । मुक्तिनाथ बिएन जेभीले ठेक्कामार्फत २०७२ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण...बाँकी अंश →


घरघरमा खानेपानी

बेनी, २३ असोज ,,    म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनाले ५८ घरमा खानेपानी उपलब्ध गराएको हो । उपभोक्ता समितिका अध्यक्ष...बाँकी अंश →


दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

मुस्ताङ, २३ असोज,,  दशँैका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँैलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले...बाँकी अंश →


स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण

बेत्रावती, २३ असोज,,   भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ । ‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)मार्फत निर्माण गरिएको सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको...बाँकी अंश →


सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौँ, २२ असोज ,,   गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी...बाँकी अंश →


गुण्डा नाइकेलाई थुनामुक्त गर्ने निवेदन खारेज

काठमाडौँ, २२ असोज ,,   सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले आज बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो । यही असोज...बाँकी अंश →


विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, २२ असोज,,   आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ । यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई...बाँकी अंश →


नयाँ निजी विद्यालय नथप्न आयोगलाई सुझाव

काठमाडौँ, २२ असोज ,,   शिक्षा तथा बाल अधिकारका क्षेत्रमा क्रियाशील नागरिक समाजका संघसंस्थाको सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ ले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ लाई सुझाव दिँदै नयाँ निजी विद्यालय नथप्ने लगायत सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं आयोगका अध्यक्ष गिरिराजमणि पोखरेललाई आज सञ्जालका...बाँकी अंश →


‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका

ललितपुर, २२ असोज ,,   रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर पनि तपाईलाई गाह्रो भएको हुन सक्छ । यदि तपाई रातको समयमा दैनिक पैदलयात्रा गर्नुहुन्छ भने अँध्यारोले...बाँकी अंश →


विमानस्थल चाँडै सञ्चालनमा आउने ः सभामुख महरा

लमही, २२ असोज ,,   सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ । आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उहाँले भन्नुभयो । उहाँले तुलसीपुर विमानस्थलमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter