
बागलुङ, २३ असोज,, डोजर, ट्रिपरसहित मजदूर सोमबार मध्यरातमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्डको काममा व्यस्त देखिन्थे । सडक चौडा गर्ने, ‘ग्राबेल’ ओसार्ने, बिछ््याउने, पेल्ने काम चलिरहेको थियो । नजिकिएका चाडपर्व, सयममै काम सक्नुपर्ने दबाब आदि कारणले ठेकेदार कम्पनी काममा कस्सिएको हो । तेह्र किमिको उक्त खण्ड ‘सिद्धिसाई प्रकाश कन्सट्रक्सन’ को...बाँकी अंश →

लमही, २३ असोज ,, दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हँुदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ । लमही नगरपालका थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिनुभयो । उत्पादन आसपासका नागरिकको...बाँकी अंश →

पोखरा, २३ असोज,, “मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन््,”–पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भन्नुभयो । उहाँका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ । फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरेका...बाँकी अंश →

विराटनगर, २३ असोज,, प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो । समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर...बाँकी अंश →

बागलुङ, २३ असोज ,, शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो । संरक्षणको अभावमा शालग्राम शिला हराउन थालेको छ । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले पहल थालेको छ । मुस्ताङको मुक्तिनाथदेखि...बाँकी अंश →

काठमाडौँ, २३ असोज,, मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र...बाँकी अंश →

काठमाडौँ, २३ असोज,, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ । महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७० आँै वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले पुराना विद्यालय ऐतिहासिक सम्पदा भएकाले तिनको संरक्षण गरिने बताउनुभएको हो । उपप्रधानमन्त्री पोखरेलले सामुदायिक विद्यालयमा लगानी वृद्धि तथा निजी लगानीका विद्यालयलाई नियमन...बाँकी अंश →

भद्रपुर, २३ असोज,, मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो । बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा नष्ट...बाँकी अंश →

लहान, २३ असोज ,, घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आइएको अपमानजनक व्यवहार र चेतनाको अभावमा उनी विद्यालय नगई बाँसको सामान बनाउने काममा आफ्ना बुवालाई सघाउँदै आएका थिए ।...बाँकी अंश →

घोराही, २३ असोज,, थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको एक मात्र थारु सङ्ग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा परेको छ । सरक्षणको अभावमा थारु जातिसँग जोडिएर निर्माण गरिएका सामग्रीसमेत बिग्रन थालेको छ । विसं २०६६ मा घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक सङ्ग्रहालयको संरक्षणको जिम्मा कसले लिन भन्ने...बाँकी अंश →

चरिकोट, २३ असोज,, संरक्षित वन्यजन्तु सालकको खपेटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनीहरुको साथबाट दुई केजी ९०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटा प्रहरीले बरामद...बाँकी अंश →

त्रिपुराकोट, डोल्पा, २३ असोज,, डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ । प्रत्येक वर्ष दशैँमा घर जानका लागि हवाई टिकटको सास्ती खेप्दै आएका डोल्पाली विद्यार्थीलाई मध्यनजर राखी आजदेखि नेपाल एयरलाइन्सले विद्यार्थी लक्षित अतिरिक्त उडान शुरु गरेको हो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: