१३ चैत २०८२

समाचार

समाजमा भयरहित वातावरण आवश्यक

विराटनगर, २५ असोज,,   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्न प्रदेश सरकारको काँधमा जिम्मेवारी थपिएको बताउनुभएको छ । प्रहरी दिवसका अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले देश पहिलो पटक शान्ति, सुशासन र स्थिरताको बाटोमा अगाडि बढीरहेको बताउनुभयो...बाँकी अंश →


भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

भक्तपुर, २५ असोज,,   भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । यस वर्ष सल्लाघारीमा ल्याई पु¥याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७५० र भेडाको रु ६७५ मूल्य निर्धारण गर्दै व्यवसायीले बिक्री...बाँकी अंश →


अन्धोपनाबाट बच्ने उपायहरु

चितवन, २५ असोज,,  मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञहरुले बताएका छन् । आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ । भरतपुर आँखा अस्पतालका वरिष्ठ आँखा स्वास्थ्य शिक्षा प्रशिक्षक बिमल पौड्यालका अनुसार मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, भिटामिन...बाँकी अंश →


अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने

हेटौँडा, २५ असोज,,   प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा आज आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि...बाँकी अंश →


बन्दीपुरमा पर्यटक आगमन बढ्दै

दमौली, २५ असोज,,   तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकीय आगमन बढ्दै गएको छ । चिसो बढेसँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङका अनुसार असोज दोस्रो हप्तादेखि पर्यटकीय चहलपहल बढेको हो । अहिले बन्दीपुरमा दैनिक २०० भन्दा बढी आन्तरिक तथा...बाँकी अंश →


कलङ्की नागढुङ्गा खण्डमा आज पनि दिनभर बत्ती जाने

काठमाडौँ, २५ असोज ,,   नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलङ्की–नागढुङ्गा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ । प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो । प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा...बाँकी अंश →


जिल्लाकै नमूना प्रसूतिगृह

नवलपरासी, २५ असोज,,   पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालनमा आएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित रसुविधा सम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो । सो केन्द्रको बुधबार प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उद्घाटन गर्दै मन्त्री...बाँकी अंश →


शहीद स्मारक ए डिभिजन ,, फ्रेण्ड्स र थ्री स्टार भिड्ने

काठमाडौँ, २५ असोज,,   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदान सातदोबाटोमा हुनेछ । यही असोज...बाँकी अंश →


समृद्धिको पहिलो आधार शान्तिसुरक्षा ,, प्रधानमन्त्री ओली

काठमाडौँ, २५ असोज,,   प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “नेपाल प्रहरी आगामी दिनमा...बाँकी अंश →


तेइस अर्ब सहुलियत ऋण

काठमाडौँ, २५ असोज,,   विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको...बाँकी अंश →


हतियार र लागूऔषधसहित दुई पक्राउ

बनियानी, झापा, २५ असोज ,,   झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो...बाँकी अंश →


सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

काठमाडौँ, २५ असोज,,   सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाआँै’ भन्ने नाराका साथ आज...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter