१३ चैत २०८२

समाचार

बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

नेपालगञ्ज, २५ असोज,,  नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्यालो र शक्तिशाली...बाँकी अंश →


ज्येष्ठ नागरिकलाई पर्व भत्ता

बागलुङ, २५ असोज,,   गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु तीन हजार पाउनेछन् । लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले बताउनुभयो । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता दिने...बाँकी अंश →


चन्दाबाट वृद्धाश्रम निर्माण

कुश्मा, २४ असोज ,,   पर्वत जिल्लाको ऐतिहासिक, धार्मिक क्षेत्र मोदीवेणी दीव्यधाममा चन्दा सङ्कलनबाट वृद्धाश्रम निर्माण गरिएको छ । पर्वत र बागलुङका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरी २४ कोठाको पक्की भवन निर्माण गरेका हुन् । २०६८ सालबाट निर्माण कार्य शुरु भएको भवन निर्माणको काम हालै सम्पन्न भएको छ । भवन निर्माणका...बाँकी अंश →


चालकलाई जुत्ता अनिवार्य

भोजपुर, २५ असोज ।,,   जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई...बाँकी अंश →


शहीद स्मारक ‘ए’ डिभिजन फुटबल ः थ्री स्टार विजयी

काठमाडौँ, २५ असोज,,   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क...बाँकी अंश →


पर्यटक लोभ्याउन अर्गानिक खाना

पर्वत, २५ असोज,,   विभिन्न ठाउँमा स्थापना गरिएका होमस्टे (घरवास)ले पाहुनाको रोजाइअनुसार खाना खुवाउने गर्छन् । महाशिला गाउँपालिकामा सञ्चालन गरिएको होमस्टेमा भने अर्गानिक र परम्परागत खाना खुवाउने गरिन्छ । होमस्टे सञ्चालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न मात्र पाहुनालाई खुवाउने गरी स्थापना गरिएको थियो । स्थानीय उत्पादनको स्वाद...बाँकी अंश →


लडेर दुईको मृत्यु

जाजरकोट, २५ असोज (रासस) ः बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उहाँको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनुभयो । त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक...बाँकी अंश →


चार बालिका घाइते, एकको अवस्था गम्भीर

गौशाला, २५ असोज ,,   महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव...बाँकी अंश →


पानी जोगाउन कृत्रिम जलाशय

घोराही, २५ असोज,,   घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न स्थानमा करीब दर्जनभन्दा बढी कृत्रिम जलाशयको निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएको हो । बर्सातको समयमा आकाशबाट आउने पानीलाई सङ्कलन गरी स्थानीय जनताको जीविकोपार्जन र आयआर्जनमा जोड दिने...बाँकी अंश →


पुनहिलमा पर्यटकको भीड

बेनी, २५ असोज,,   अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो । अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक...बाँकी अंश →


निःशुल्क आँखा उपचार सेवा

तुलसीपुर, २५ असोज,,   ‘आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस यहाँ विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालन भएका तीन वटा आँखा अस्पतालले आज निःशुल्क उपचार सेवा दिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले मोतिविन्दुको...बाँकी अंश →


यात्रुको ज्यान जोखिममा

गाईघाट, २५ असोज,,   बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ । गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter