१३ चैत २०८२

समाचार

सत्तरी गाउँपालिकालाई एम्बुलेन्स

धरान, २६ असोज,,   प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको...बाँकी अंश →


स्थानीय तहमा नेकपाको पार्टी संयन्त्र

दमौली, २६ असोज,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तनहुँका सबै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र तनहुँको बैठकले १० वटै स्थानीय तहमा संयन्त्र गठन गरेको...बाँकी अंश →


छ मजदुर घाइते

कञ्चनपुर, २६ असोज,,   कृष्णपुर–५ लालझाडी जङ्गलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् । से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर–२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय...बाँकी अंश →


अभिभावक सङ्घमा काफ्ले

भक्तपुर, २६ असोज,,   नेपाल राष्ट्रिय अभिभावक सङ्घको तेस्रो भक्तपुर जिल्ला अधिवेशनले नवराज काफ्लेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको उपाध्यक्षमा सरु बानियाँ, डिल्लीराम गौतम, सचिवमा प्रतीक्षा शर्मा र विनु गोदार थापा, कोषाध्यक्षमा जानुका फँुयाल, सहसचिवमा उत्तम थापा चयन हुनुभएको छ । सदस्यमा हरिकृष्ण राउत, चन्द्रप्रसाद अधिकारी,...बाँकी अंश →


सवारी दुर्घटनामा तीनको मृत्यु

उर्लाबारी, २६ असोज,,  मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई...बाँकी अंश →


कात्तिकमा सिद्धिथुम्का महोत्सव

मङ्गलबारे, २६ असोज,,   इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ । खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान यहाँका पर्यटकीय आकर्षण हुन् । स्थानीय...बाँकी अंश →


भारतको दिल्लीमा बन्धक रहेकी नेपाली महिला तथा किशोरीको उद्धार

असोज २५,,   २०७५ भारतको नयाँ दिल्लीस्थित पहाडगंजको एक होटलबाट वैदेशिक रोजगारिको शिलशिलामा बन्धक रहेका नेपाली महिला तथा किशोरीहरुको के. आई. नेपाल, दिल्ली महिला आयोग र दिल्ली पुलिसको संयुक्त प्रयासमा ८ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ । १९ देखि ३७ बर्ष उमेरका उक्त महिला तथा किशोरीहरुलाई विभिन्न बहानामा...बाँकी अंश →


विभागीय टोली सेमिफाइनलमा

बलेवा, २६ असोज,,   बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् । यस्तै प्रदेश नं ५ पनि सेमिफाइनल प्रवेश गरेको छ । बिहीवार...बाँकी अंश →


राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २५ असोज,,   लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था छ...बाँकी अंश →


हरियाली र फलफूलमा आत्मनिर्भर बनाउने अभियान

काठमाडौँ, २५ असोज,,   कपिलवस्तुको यशोधरा गाउँपालिका–३ ले हरियाली र फलफूल उत्पादनमा आत्मनिर्भर बनाउन विभिन्न जातका फलफूलका बिरुवा निःशुल्करुपमा वितरणको अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत वडाले ६०० घरधुरीलाई आँप र एक लिचीको बिरुवा वितरण गरिएको वडाध्यक्ष सरिता त्रिपाठीले जानकारी दिनुभयो । आगामी दशैँका अवसरमा प्रत्येक घरधुरीलाई अमला र अम्बाको...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

मनाङ, २५ असोज ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताउनुभयो । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक...बाँकी अंश →


जनमुखी प्रशासनको आवश्यकता

दाङ, २५ असोज ,,   सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा आज प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले नेपाल प्रहरीले जनताका यावत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter