१३ चैत २०८२

समाचार

सुक्खा बन्दरगाहको गोदाममै थन्कियो चिनी

वीरगञ्ज, २८ असोज ,,   साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका छन् । हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट...बाँकी अंश →


समाजवादोन्मुख शिक्षाको पच्चीस वर्षे दूरदृष्टि पहिल्याइँदै

काठमाडौँ, २८ असोज ,,   उच्चस्तरीय शिक्षा आयोग समाजवादोन्मुख शिक्षाको मार्गदर्शक दर्शन र सिद्धान्तका आधारमा आउँदो २५ वर्षको दूरदृष्टि तर्जुमा गर्न जुटेको छ । सङ्घीय नेपालको समृद्धिको लक्ष्यअनुकूल शिक्षा नीति निर्माणका लागि नेपाल सरकारले गठन गरेको सो आयोगले प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षासम्म गुणस्तर, पहुँच, समता, समावेशिता, सान्दर्भिकताको खोजी गरिरहेको छ...बाँकी अंश →


जनशक्तिबारे निर्देशक समिति गठन ,, चिकित्सा शिक्षा अध्ययन शुल्क नबढाइने

काठमाडौँ, २८ असोज ,,   सरकारले शैक्षिक जनशक्ति र शिक्षा प्रणालीको पुनःसंरचनाका निम्ति सुझाव प्रस्तुत गर्न शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले नेपालका लागि आवश्यक शैक्षिक जनशक्तिको आँकलन गरेर तद्अनुरुप समग्र शिक्षा प्रणालीको पुनःसरचनाका निम्ति सुझाव दिन उक्त समिति बनाउने निर्णय...बाँकी अंश →


राजधानीका भित्री शहर पुनःनिर्माणमा कामपा

काठमाडौँ, २८ असोज ,   काठमाडौँ महानगरपालिकाले दशैँलगत्तै भित्री शहरको पुनःनिर्माण र धुलो न्यूनीकरण गर्न प्राथमिकताको साथ लाग्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँगको कुराकानीमा निर्वाचनको समयमा जनतासामु गरिएको प्रतिबद्धता धेरै कुरा पूरा गर्ने क्रममा रहेको र केही दशैँलगत्तै शुरु गर्ने बताउनुभयोे । ‘क्लिन द सिटी’ अभियान, आठ मिटरभन्दा...बाँकी अंश →


विप्रेषण ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौँ,२८ असोज,,  विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएको विप्रेषण ऊर्जा तथा जलस्रोत क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । विप्रेषणबाट प्राप्त रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको र त्यसले कुनै पनि आर्थिक गतिविधिलाई बढवा नदिएको भन्दै बृहत्रुपमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो...बाँकी अंश →


नेता बाँस्तोलाको निधनमा काँग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, २८ असोज ,,   नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकले उहाँको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । नेता...बाँकी अंश →


शान्ति र स्थायित्वका लागि समुदायको साथ चाहिन्छ ,, गृहमन्त्री

काठमाडौँ, २८ असोज ,,   गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । “देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ...बाँकी अंश →


समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे

काठमाडौँ, २८ असोज ,,   बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट...बाँकी अंश →


बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली

बाँके, २८ असोज,,   बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् । विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयवासीको सपना पूरा भएसँगै खुशी भएका हुन् । सुगम जिल्लाको विकट...बाँकी अंश →


ज्ञवालीको निधनमा दुःख व्यक्त

काठमाडौँ, २८ असोज,,   नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी ज्ञवालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी र व्यावसायिक पत्रकारिताका अभियानकर्मीलाई गुमाएको बताउनुभएको छ । महासङ्घले उहाँले नेपालको व्यावसायिक पत्रकारिताका लागि...बाँकी अंश →


खडेरी प्रभावित परिवारले राहत पाउने

फिदिम, २७ असोज,,   चरम खडेरीका कारण लगाएको सबै बाली सुकेपछि पीडित बनेका प्रदेश नं १ का तीन जिल्लाका कृषकले राहत पाउने भएका छन् । सो प्रदेशअन्र्तगत पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका खडेरी प्रभावित तीन हजार ७८१ कृषक परिवारलाई राहत वितरण गर्न थालिएको हो । गत असोज २२ गते...बाँकी अंश →


समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति

इलाम, २८ असोज ,,   अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ । अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिन सकेका छैनन् । सो सम्बन्धी काम गर्दै आएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter