१३ चैत २०८२

समाचार

अक्षयकोषका लागि रकम हस्तान्तरण

दमौली, ३० असोज ,,   प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालाई रु एक लाख सहयोग गर्नुभएको छ । उहाँले आफ्ना पिता केवलबहादुरको स्मृतिमा पत्रकार महासङ्घमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्नुभएको हो । महासङ्घका अध्यक्ष ओमकार आचार्यलाई उहाँले सो रकम हस्तान्तरण गर्दैे पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग पुगोस् भनेर...बाँकी अंश →


वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

दाङ, ३० असोज ,,   पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ । अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३ वटा वन समूह महिलाले मात्र सञ्चालन गरेको सामुदायिक वनका निर्वतमान सचिव हेमराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाले सञ्चालन...बाँकी अंश →


मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

धनुषा, ३० असोज ,,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।” मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई...बाँकी अंश →


आयुर्वेद औषधालयको स्तरोन्नतिका लागि स्वीकृति प्रदान

पशुपतिनगर, इलाम, ३० असोज ,,   मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ । बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयले...बाँकी अंश →


नेपाल–भारत सीमा सुरक्षा बैठक

विराटनगर, ३० असोज ,,   शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०÷६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोरदोहर गर्नबाट उत्पन्न समस्या...बाँकी अंश →


योग मानवजीवनका लागि अपरिहार्य,, मन्त्री पोखरेल

महोत्तरी, ३० असोज,,     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताउनुभएको छ । बर्दिवास नगरपालिकाले आयोजना गरेको सात दिने योग शिविरको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ ।” मन्त्री पोखरेलले बुद्ध र पतञ्जलीको उपदेशलाई मनन गरी अगाडि बढ्ने हो...बाँकी अंश →


महिलाको आर्थिक पहुँच बढाउँदै सहकारी

प्यूठान, ३० असोज ,,   गाउँगाउँमा सहकारी संस्था गठन र परिचालन पछि आर्थिक कारोवारमा महिलाको अधिकार र पहुँचका साथै महिला उद्यमशीलता पनि बढेको छ । घरभित्रको सम्पूर्ण कामको जिम्मेवारी हामी महिलाहरुको हुन्थ्यो सबै आर्थिक कारोवार पुरुषले नै गर्दथे । सहकारी संस्थावाट ऋण लिई वर्षको उत्कृष्ट उद्यममीको रुपमा पुरस्कृत हनुभएकी प्यूठान नगरपालिका–४...बाँकी अंश →


लागुऔषधसहित तीन युवक पक्राउ

गौशाला, ३० असोज ,,    प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको...बाँकी अंश →


विष्फोटक सामग्री बरामद

इनरुवा, ३० असोज ,,   चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक ग¥यो । सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना...बाँकी अंश →


शाखा अधिकृतको नतिजा प्रकाशित, सिफारिस हुने ४१४ मध्य मात्र २ मुसलमान (नतिजासहित)

२९ असोज, काठमाडाैं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत र सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा २०७४ माघमा र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न भएको थियो । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४९३ जना...बाँकी अंश →


वनको जग्गा कारखानाको नाममा

जनकपुरधाम, २९ असोज ,,   सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको हो । कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा...बाँकी अंश →


बजारमा मागभन्दा बढी इन्धन ,, निगम

काठमाडौँ, २९ असोज ,,   नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter