१३ चैत २०८२

समाचार

हिन्दू महामिलन पर्वमा धार्मिक अभियानकर्मीको भेला

तनहुँ, ५ कात्तिक ,,  व्यासभूमिमा विश्व हिन्दू महामिलन पर्वमा विभिन्न क्षेत्रबाट धार्मिक अभियानकर्मीको भेला भएको छ । कात्तिक १ गतेदेखि शुरु गरिएको एकमहीने उक्त महामिलन पर्व कात्तिक ३० गते सम्म चल्नेछ । पर्वमा काठमाडौँ, कास्की, बर्दिया, गोरखा, नवलपरासी, छिमेकी राष्ट्र भारतका विभिन्न प्रदेशलगायतबाट धार्मिक अभियानकर्मीको आगमन भइसकेको पर्वका मूल संरक्षक...बाँकी अंश →


अनलाइन ३७ मालपोत कार्यालयमा विस्तार

काठमाडौँ, ५ कात्तिक ,,   भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा प्रयोगमा ल्याइएको उक्त सेवाले देशभर हुने जग्गाजमीनको करीब ७० प्रतिशत कारोवार समेटेको छ । मन्त्रालयले दुई वर्षअगाडि शुरु गरेको...बाँकी अंश →


सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

गुल्मी, ५ कात्तिक ,, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ । ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार...बाँकी अंश →


पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’

काठमाडौँ, ५ कात्तिक ,,  नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष...बाँकी अंश →


स्वास्थ्य स्वास्थ्य मन्त्रालयद्धारा साविककै जिम्मेवारी सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ५ कात्तिक ,,   स्वास्थ्य तथा जनसङ्ख्या स्वास्थ्य मन्त्रालयले मुलुकभरका सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई प्रदेश सरकारको मातहतमा रही साविककै जिम्मेवारी सम्पन्न गर्ने गरी यथावत्रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आइतबार सो निर्णय गर्दै अर्काे जिम्मेवार निकायको स्थापना कार्य प्रक्रियामा रहेकाले...बाँकी अंश →


बाघको बहन क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ, ५ कात्तिक,,   दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय...बाँकी अंश →


भारतीय विद्युत्को भरमा दार्चुला

दार्चुला, ५ कात्तिक ,,   दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ । सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ । भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको...बाँकी अंश →


धान भित्र्याउन कृषक व्यस्त

भक्तपुर, ५ कात्तिक,,  दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेत खेतमा धान पाकेपछि दशैँ मान्नभन्दा पनि धान काट्न कृषक व्यस्त भएका हुन् । अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि भक्तपुरका कृषक भने बिहान,...बाँकी अंश →


कृष्णनगरमा लगाइएको कर्फु साँझ सम्मका लागि हटाईयो छ , ५ बजे पछि अर्को निर्णय हुने

कपिलवस्तु ५ कार्तिक । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा आज दिउँसो १२ बजे सम्मको लागि हटाएको कर्फुको समयसिमा पुन थप गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलका अनुसार कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजे सम्म कर्फु हटाइएको छ ।आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फू प्रशासन कार्यालयले...बाँकी अंश →


मालदिभ्सको निर्वाचनमा यमीनको पराजय भएको अदालतको ठहर

कोलम्वो, ४ कात्तिक,,   मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ । अदालतको उक्त निर्णयसँगै यमीनको पराजय पुष्टि भएको छ । यमीनको निवेदन उपर सुनुवाई गर्न बसेको सर्वोच्च अदालतको पाँच सदस्यीय बेञ्चले एकमतका...बाँकी अंश →


ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

धनुषा, ४ कात्तिक ,,   भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा...बाँकी अंश →


प्रमुख बालीको समर्थन मूल्य तोक्न माग

काठमाडौँ, ४ कात्तिक ,,   राष्ट्रिय किसान आयोगले प्रमुख बालीको (धान, मकै, कोदो, फापर, गहुँ, उखु आदि) समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । “बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्छ”, आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भन्नुभयो । आयोगको विशेष पहलमा कृषि तथा पशुपक्षी मन्त्रालयले हालै धान र उखुको न्यूनतम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter