
भक्तपुर, ७ कात्तिक ,, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक ,, उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुग्नुभएका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उहाँप्रति...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक ,, नेकपा ( क्रान्तिकारी माओवादी ) का उपाध्यक्ष सिपी गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा गजुरेलले संविधानमा दुई वर्षसम्म कुनै प्रधानमन्त्रीलाई हटाउन नमिल्ने प्रावधान राखेर राजनीतिक दलहरुले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ‘थुप्रै त्रुटि रहेको यो...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक ,, फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको...बाँकी अंश →

कपिलवस्तु ७ काठमाडौँ । कपिलबस्तुको कृष्णनगर नगरपालिका कृष्णनगरमाशुक्रबार रातिमाँँदुर्गाको मूर्ति बिसर्जनको कार्यक्रमथियो । मूर्ति बिसर्जनको लागि पुरानो थाना रोडबाट कृष्णनगर नगरपालिका वडा नं. २ मदिनामस्जिद अगाडि हुदै पुरै बाजार भित्र परिक्रमा गरी शिवानगर पोखरीमाबिसर्जन गर्ने तैयारीमाआयोजकहरु थिए । तर मदिनामस्जिद अगाडि मुर्ति लिएर आएपछि समाजका केहीअसमाजिकव्यक्तित्वहरुले बिसर्जनको क्रममामस्जिदमाथि ढुंगा मुढा...बाँकी अंश →

बेँसीशहर, ७ कात्तिक ,, चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न जानुभएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुनुहुन्छ । तिलिचो तालमा...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक,, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिँदै उनीहरुको सशक्तीकरणमा जोड दिएको बताउनुभएको छ । जेनेभामा मङ्गलबार महिलाविरुद्धका भेदभाव उन्मूलन समितिको ७१औँ बैठकमा नेपालको छैटौँ आवधिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो । उहाँले महिला अधिकार संरक्षण र...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक,, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) का महानिर्देशक फ्राङ्सिस गुरीसँग मङ्गलबार अपराह्न जेनेभामा भएको भेटवार्ताका क्रममा उहाँले बौद्धिक सम्पत्तिसम्बन्धी पूराना कÞानूनको पुनर्विचार गर्दै राष्ट्रिय...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक,, नेवार समुदायले नखत्या भ्वय् (भोज ) गर्दै आफ्नो सबभन्दा ठूलो चाड मौलिक मोहनी नखः सकाएको छ । मोहनी सिन्ह(टीका)लाई विशेष महत्व दिइने मोहनी नखः काठमाडौँ, ललितपुर, भक्तपुरसहित दोलखा, पाल्पा, पर्सा आदि स्थानलगायत कामका लागि अमेरिका, बेलायत, जापान आदि विभिन्न मुलुकमा बसोबास गर्ने नेवार समुदायले मनाएको हो ।...बाँकी अंश →

खोटाङ, ७ कात्तिक ,, तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम थालिएको हो । आगामी १८ महीनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ...बाँकी अंश →

भोजपुर, ७ कात्तिक,, छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ । पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार चिर्पट प्रहारबाट गम्भीर...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक ,, नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: