१५ चैत २०८२

समाचार

बौलाहा स्यालको आतङ्क

बाजुरा, ८ कात्तिक,,   बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् । बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस गरेपनि स्यालको टोकाइबाट तीन पशु घाइते भएका थिए । स्यालले जयरुप गिरीको कुकुर, खेमराज गिरीको बाख्रो र रन्या गिरीको...बाँकी अंश →


उपत्यकामा दशैँको समयमा १४ को मृत्यु

काठमाडौँ, ८ कात्तिक,,   काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका...बाँकी अंश →


राससकर्मी श्रेष्ठको निधन

काठमाडौँ, ८ कात्तिक ,,   राष्ट्रिय समाचार समितिमा करीब दुई दशकदेखि कार्यरत सवारी चालक चन्द्रलाल श्रेष्ठको आज बिहान निधन भएको छ । कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०२६ मा सिन्धुपाल्चोकको सिपावाडे गाउँमा जन्मनुभएका उहाँका श्रीमती, तीन छोरी र...बाँकी अंश →


फरार व्यक्ति पक्राउ

काठमाडौँ, ८ कात्तिक,,   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भाई फरार रहेको एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा ललितपुर जिल्ला धापाखेल गाविस–९ का रामकुमार खड्कालाई रु एक करोड तेइस लाख...बाँकी अंश →


प्राकृतिक कारणले सात गैँडा मरे

चितवन, ८ कात्तिक,,   चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो ।...बाँकी अंश →


दुई दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

अछाम, ८ कात्तिक,,   अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् । जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं...बाँकी अंश →


मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ

कञ्चनपुर, ८ कात्तिक,,   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र...बाँकी अंश →


असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

वालिङ, ८ कात्तिक ,,   असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट...बाँकी अंश →


झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

सुरुङ्गा, ८ कात्तिक ,,   अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


भारतीय नेता सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै

काठमाडौँ, ७ कात्तिक ,,   नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ । यहाँ रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित...बाँकी अंश →


आयोजना छनोट गर्ने जिम्मा सांसदलाई

काठमाडौँ, ७ कात्तिक ,,  स्थानीय पूर्वाधार विकासका लागि आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ । पहिले ‘सांसद विकास कोष’ नाम सञ्चालित उक्त कार्यक्रम अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ले नाममा सरकार सञ्चालन गर्न थालिएको उक्त कार्यक्रमको आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ...बाँकी अंश →


नेकपा नामको आधिकारिताबारे आयोगले निर्णय गर्ने

काठमाडौँ, ७ कात्तिक ,,  नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा आज सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter