
कावासोती, ९ कात्तिक ,, नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ । मादल बनाएर नेपालीले पर्याप्त आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षदेखि मादल बनाउँदै आउनुभएका उहाँको गुजार यही...बाँकी अंश →

इलाम, ९ कात्तिक ,, हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा मल बिक्री गर्दै आएका विभिन्न सहकारी संस्थाले डिएपी मलको माग गर्दै आएको...बाँकी अंश →

सुर्खेत, ९ कात्तिक ,, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताउनुभएको छ । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताउनुभयो । “राज्यको...बाँकी अंश →

कुश्मा, ९ कात्तिक,, ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला माछा भनेपछि टाढा टाढाबाट यात्रुहरु ओइरो लाग्थे । घण्टौं कुरेर पर्वतको सम्झना स्वरुप...बाँकी अंश →

ललितपुर, ९ कात्तिक ,, साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक...बाँकी अंश →

धम्बोझी, ९ कात्तिक,, बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो । चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ । उक्त टोलीको नेतृत्व गर्दै त्यसको संयोजन बर्दिया क्षेत्र नं १...बाँकी अंश →

काठमाडौँ, ९ कात्तिक,, इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ...बाँकी अंश →

दमक, ९ कात्तिक,, एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ । मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेशिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करीब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य छन् ।...बाँकी अंश →

पोखरा, ९ कात्तिक,, सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताउनुभएको छ । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उहाँले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताउनुभयो । हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका...बाँकी अंश →

म्याग्दी, ९ कात्तिक,, म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ चेचुङमा पहिलो पटक बिजुली बलेको छ । अमेरिकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर २० घरमा विद्युत् सुविधा पु¥याइएको स्थानीय लोकबहादुर मगरले बताउनुभयो । एकै ठाउँमा राखिएको सोलार प्यानलबाट घरघरमा बिजुली वितरण गरिनाका साथै कुटानी पिसानी...बाँकी अंश →

तेह्रथुम, ९ कात्तिक ,, पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् । परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ । पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् । अलैँची टिप्न...बाँकी अंश →

मेलम्ची, ९ कात्तिक (रासस) :, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ मुडेमा बन्न लागेको हिल स्टेशनबारे प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सम्बन्धित पक्षसँग छलफल गर्नुभएको छ । मन्त्री नेपालले मुडेबजार पर्यटन, जडीबुटी र कृषिमा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले बजेटको प्रशस्त व्यवस्था गरिएको र उक्त बजेटको स्थानीयले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: