
कुश्मा, १५ कात्तिक ,, कुश्मा नगरपालिकाको कार्यालय अझैसम्म भाडाकै घरमा सञ्चालित छ । कुश्मामा विभिन्न सरकारी कार्यालय रहे भए पनि नगरपालिकालाई भवन अभाव भएपछि नगर कार्यपालिका सदस्यले बुधबार सदरमुकाम कुश्माबजारमा रहेका सरकारी कार्यालयमा नगरपालिकाको बोर्ड झुण्ड्याएका छन् । कार्यालय व्यवस्थापनका लागि पटक–पटक जिल्ला समन्वय समितिलाई अनुरोध गर्दा ध्यान नदिइएको भन्दै...बाँकी अंश →

बर्दिवास, १५ कात्तिक,, महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ । राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको...बाँकी अंश →

काठमाडौँ, १५ कात्तिक,, ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय÷हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई...बाँकी अंश →

भक्तपुर, १४ कात्तिक ,, सूर्यविनायक नगरपालिका– १ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४९ जना स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको आज सम्पन्न १७ औँं स्थापना दिवस एवं ज्येष्ठ सदस्य सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सूर्यविनायक नगरपालिकका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र संस्थाका...बाँकी अंश →

काठमाडौँ, १४ कात्तिक,, अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो...बाँकी अंश →

काभे्रपलाञ्चोक, १४ कात्तिक,, काभे्रपलाञ्चोकमा सञ्चालितमध्ये आठ हजार ५५० सवारी साधन नियम उलङ्घन गरेबापत चालू आर्थिक वर्षको पहिलो तीन महीनामा कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाईका अनुसार सवारी नियम उल्लङ्घन गरेबापत विभिन्न सवारी साधनलाई कारवाही गर्दा बितेको तीन महीनाको अवधिमा रु ५० लाख ५४ हजार...बाँकी अंश →

पोखरा, १४ कात्तिक (रासस) ः पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो ।...बाँकी अंश →

दाङ, १४ कात्तिक,, जिल्लामा सञ्चालित अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको छ । लामो समयको अन्योलपछि जिल्लामा सञ्चालनमा रहेका अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख मदन कुँवरले जानकारी दिनुभयो । टेम्पो तथा अटोले मनोमानी रुपमा चर्को भाडा असुलेको व्यापक जनगुनासो आएपछि दोस्रो पटक मङ्गलबार बसेको...बाँकी अंश →

दोलाखा, १४ कात्तिक ,, दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । संरक्षित वन्यजन्तु सालकको खपटा बिक्री...बाँकी अंश →

काठमाडौँ, १४ कात्तिक,, मुलुकभरी आज भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन भएको छ । बिहीबारसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले २७९ वटा बुथमा ५५८ महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ । भिटामिन ए सँगै जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा पनि बालबालिकालाई उक्त अवसरमा वितरण गरिने छ । बालभिटा...बाँकी अंश →

कुश्मा, १४ कात्तिक,, घरबासको अवधारणा आएसँगै ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वत मोदीस्थित चित्रेको घरबासमा पर्यटकको ओइरो लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा आउने पर्यटकका कारण चित्रेका घरबास भरिभराउ भएका हुन् । पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा हुने गरेको छ । गाउँको आतिथ्यता,...बाँकी अंश →

पोखरा, १४ कात्तिक,, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा आज पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उहाँले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: