
विराटनगर, १५ कात्तिक,, विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकामा १९ वडा रहेकामा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । दुई महीनामा सो वडा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले आज...बाँकी अंश →
सोलुखुम्बु, १५ कात्तिक ,, जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले...बाँकी अंश →

रसुवा, १५ कात्तिक ,, पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउनका लागि रिपिटर टावर जडान गरिदिन पर्यटन व्यवसायीले माग गरेका छन् । लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाका अनुसार भूकम्पपछि लाङटाङ क्षेत्रमा पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । हिमाली क्षेत्रको पदयात्रामा रहँदा आफन्तजनलाई सहजै सूचना दिन टेलिफोनको...बाँकी अंश →

काठमाडौँ, १५ कात्तिक,, सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र...बाँकी अंश →

काठमाडौँ, १५ कात्तिक,, जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी...बाँकी अंश →

बेनी, १५ कात्तिक ,, बेनी नगरपालिका–९ घतानका सागर बानियाँ टिमुर खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । आठ वर्षदेखि टिमुर खेतीमा लाग्नुभएका बानियाँले यस वर्ष थप सात रोपनीमा टिमुर खेती विस्तार गर्नुभएको छ । “पचास बोटले अहिले फल दिन्छ, ६०० बिरुवा नयाँ छन्, खेर गएको बाँझो जमीन, पाखोसँगै खेतीयोग्य...बाँकी अंश →

मुसिकोट, १५ कात्तिक ,, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ दहबाङमा विदेशी पर्यटकले एकीकृत स्रोत भवन निर्माण गरेका छन् । सूचना केन्द्र, पुस्तकालय, कृषि प्रयोगशालालगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन् । विभिन्न देशका सय बढी विदेशीले स्वयंसेवामार्फत निर्माण गरेको तीनकोठे स्रोत भवनको एउटा कोठामा हालपुस्तकालय सञ्चालन गरिएको...बाँकी अंश →

काठमाडौँ, १५ कात्तिक ,, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा टोलीका संयोजक...बाँकी अंश →

दार्चुला, १५ कात्तिक ,, अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन् । लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएसँगै पर्यटक पदयात्रामा जानेक्रम बढ्न थालेको छ । सात हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार...बाँकी अंश →

काठमाडौँ, १५ कात्तिक ,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ । नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा...बाँकी अंश →

पाँचथर, १५ कात्तिक ,, पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो । अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा...बाँकी अंश →

कतार, १५, कार्तिक ,, राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आउनु भएको हो। कतारमा रहदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: