
पोखरा, १६ कात्तिक,, पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० वटा फूलका बिरुवा किनेर लगाउनुभयो । पहिलो वर्षमा नै राम्रो भएर...बाँकी अंश →

काठमाडौँ, १६ कात्तिक,, नवजीवन परोपकार समाजले कर्णाली प्रदेशका पाँच जिल्लाका असहाय तथा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । समाजले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगु जिल्लाका १५ अति विपन्न बस्ती पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो पपडा वितरण गरेको जनाएको छ । ‘नेपालीले नेपालीका...बाँकी अंश →

वालिङ, १६ कात्तिक,, स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही स्थान घर भई हाल हङकङमा बस्दै आउनुभएका धनु थकाली पुरनले ‘पुतली बचाउ अभियान’ मार्फत देश तथा विदेशमा सङ्कलन भएको...बाँकी अंश →

काठमाडौँ, १६ कात्तिक,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गर्न लागिएको...बाँकी अंश →

भक्तपुर, १६ कात्तिक ,, पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो...बाँकी अंश →

काठमाडाँैँ, १६ कात्तिक,, राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण...बाँकी अंश →

पशुपतिनगर, १६ कात्तिक,, सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा...बाँकी अंश →

काठमाडौँ, १६ कात्तिक,, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो । काष्ठमण्डप...बाँकी अंश →

पोखरा, १६ कात्तिक ,, गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताउनुभएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार उद्घाटन गर्दै उहाँले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभएको हो ।...बाँकी अंश →

खाँदबारी, १६ कात्तिक ,, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताउनुभएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने...बाँकी अंश →

चितवन, १५ कात्तिक,, ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार...बाँकी अंश →

लमही, १५ कात्तिक ,, दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ । जिल्लामा आव २०७३-०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार आव २०७३÷०७४ मा ४६ पुरुष र २८ महिला, २०७४-०७५ मा ३३ पुरुष...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: