१६ चैत २०८२

समाचार

भैरहवा मालपोत अनलाइनमा

भैरहवा, २८ कात्तिक,,  मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको जानकारीदिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको सुभारम्भ गर्दै सरकारले लिएको रणनीतिअनुसार अगाडि बढेको...बाँकी अंश →


विद्यालयलाई कम्प्युटर सहयोग

लेखनाथ, २८ कात्तिक,,   कामना सेवा विकास बैंक लि. ले आफ्नो सेवा आरम्भको १२औँ वार्षिकोत्सको अवसरमा तीन विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत पोखरा–२७ अर्चले स्थित कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, सोही वडाको रिठ्ठेपानीमा रहेको कल्याण आधारभूत विद्यालय र पोखरा–३ नदीपुरमा रहेको बेद विद्याश्रमलाई एक÷एक थान...बाँकी अंश →


अग्नि नियन्त्रकलाई तालीम

भक्तपुर, २८ कात्तिक ,,   विभिन्न जिल्लाका अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधिसहितको प्रशिक्षक प्रशिक्षण तालीम भक्तपुरमा शुरु गरिएको छ । जुद्ध बारुणयन्त्र भक्तपुर र नागरिक उड्डयन प्राधिकरण सानोठिमिको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक यो तालीम आजदेखि शुरु भएको हो । जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरका सूचना अधिकृत विजय धौभडेलको...बाँकी अंश →


पत्रकार सापकोटालाई ‘ब्रेन स्ट्रोक’

काठमाडौँ, २८ कात्तिक,,   पत्रकार राजेश सापकोटालाई ‘ब्रेन स्ट्रोक’ भएपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार शुरु गरिएको छ । कात्तिक २३ गते भाइटीकाको दिन अपराह्न अकस्मात् शरीरको दाहिने भाग नचलेपछि परिवारका सदस्यले उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पु¥याएका थिए । मुटुमा कुनै समस्या नदेखिएपछि गङ्गालालले तत्कालै न्युरो अस्पताल बाँसबारी स्थानान्तरण...बाँकी अंश →


लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

रुपन्देही, २८ कात्तिक,,   नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् । नेपालका लागि थाइल्याण्डका...बाँकी अंश →


समृद्धिका लागि सघाउन मित्रराष्ट्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २८ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग...बाँकी अंश →


सिक्का गालेर गहना बनाउने बढे

बेत्रावती, २८ कात्तिक,,   नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ । सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी नपर्दा नियन्त्रणमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो ।...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै सुरुङमार्ग

लमजुङ, २८ कात्तिक ,,   लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्माण गरिएको सुरुङमार्ग यतिबेला पर्यटकको आकर्षण केन्द्र बनेको छ । हिमाली जिल्ला मनाङ तथा उत्तरी लमजुङ जाने अधिकांश आन्तरिक पर्यटकको रोजाइ बनेको सो सुरुङमार्गलाई नेपालकै पहिलो सुरुङमार्ग मानिन्छ । सुरुङमार्ग ३४० मिटर लम्बाइको छ । “आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा छुट्टै...बाँकी अंश →


जिल्ला समन्वय समितिका सदस्यमाथि खुकरी प्रहार

मेलम्ची, २८ कात्तिक ,,   जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते हुनुभएको छ । सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अराजक तत्वको जमातले...बाँकी अंश →


बेपत्ता पत्रकार खड्काको हेलिकप्टरद्वारा खोजी

बाजुरा, २८ कात्तिक,,   बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा तीन महीना पहिले हराएका पत्रकार तेजबहादुर खड्का (तेजु)को नेपाली सेनाको हेलिकप्टरबाट खोजी कार्य भएको छ । गत भदौ ९ गते बूढीनन्दा माताको दर्शन गरेर घर फर्किने क्रममा छाप्रोबाट बरमाग्नेतर्फ जुत्ता–चप्पल लिन गएका पत्रकार खड्काको अवस्था अझै...बाँकी अंश →


दण्डहीनता अन्त्यका लागि राजनीतिक दल अग्रसर हुनुपर्ने

पोखरा, २८ कात्तिक,,   सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढङ्गले काम गर्ने वातावरण सृजना हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । फ्रिडम फोरमद्वारा आज पोखरामा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा दण्डहीनता अन्त्यका लागि राजनीतिक पार्टीलाई गम्भीर हुनुपर्ने, पत्रकारलाई सधँै मानसिक त्रास, धम्की र भौतिक आक्रमणजस्ता घटनाबाट पीडित हुनुपर्ने भएकाले...बाँकी अंश →


प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता हुँदैन–सभापति आचार्य

विराटनगर, २८ कात्तिक,,   नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताउनु भएको छ । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उहाँले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भन्नुभयो । उहाँले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter