१६ चैत २०८२

समाचार

पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित हुनुपर्छ ,, मन्त्री कार्की

विराटनगर, ३० कात्तिक,,   प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले विश्व जनमत तयार गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित...बाँकी अंश →


व्यवसायीलाई कफीखेतीमा आकर्षित गरिँदै

पोखरा, ३० कात्तिक ,,   राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको...बाँकी अंश →


मोदीमा चिस्यान केन्द्र भवन अधुरै

कुश्मा, ३० कात्तिक,,   मोदी गाउँपालिका–२ कृषि उत्पादन सङ्कलन गर्ने उद्देश्यका साथ निर्माण गरिएको चिस्यान केन्द्र (शीतभण्डार) अधुरै रहेको छ । बजेट अभावका कारण निर्माण पूरा हुन नसकेको हो । चिस्यान केन्द्र अधुरै रहेपछि उत्पादन गरेको वस्तु भण्डार गरी आम्दानी गर्ने कृषकको इच्छा तत्काल पूरा नहुने भएको छ । आर्थिक वर्ष...बाँकी अंश →


सन्दीप दिल्लीमै रहने

काठमाडौँ, ३० कात्तिक,,   नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्...बाँकी अंश →


चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

दमौली, ३० कात्तिक,,   चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते...बाँकी अंश →


‘गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ’

काठमाडौँ, ३० कात्तिक,,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताउनुभएको छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग...बाँकी अंश →


नेपाली मजदुरको मलेसियामा मृत्यु

दार्चुला, ३० कात्तिक,,  मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे...बाँकी अंश →


पेस्तोलसहित एक पक्राउ

परासी, ३० कात्तिक,,   पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पाल्हीनन्दन–३ बेलाशपुरबाट गए राति इलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले मेलु मुसलमान भन्ने जमालुद्दिन नाउलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । गोप्य सूचनाका आधारमा नाउको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएपछि उनलाई...बाँकी अंश →


सालकको खबटासहित पक्राउ

भक्तपुर, ३० कात्तिक,,   दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट ६४० ग्राम खबटासहित...बाँकी अंश →


बलात्कार अभियोगमा थप दुई पक्राउ

बेत्रावती, ३० कात्तिक,,   किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ । स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बतीस वर्षीय...बाँकी अंश →


प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, ३० कातिक,,  पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीनवर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी,...बाँकी अंश →


धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर, ३० कात्तिक,,   बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter