१६ चैत २०८२

समाचार

मिथिलामा अक्षय नवमी पर्व सम्पन्न

बर्दिवास, २ मङ्सिर,,   महोत्तरीसहितका मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाइएको छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार शनिबार राति सम्पन्न गरिएको हो । यस पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा...बाँकी अंश →


पोखरामा थपियो नयाँ साहसिक खेल

चिप्लेढुङ्गा, २ मङ्सिर,,   पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गर्नुभएको...बाँकी अंश →


सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन–मन्त्री अधिकारी

पोखरा, १ मङ्सिर ,,   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताउनुभएको छ । भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा निर्मित १२ कोठे पक्की भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले जनचाहना अनुरुप...बाँकी अंश →


सात हजार महिला तथा बालबालिकाको उद्धार

काठमाडौँ, १ मङ्सिर,,   नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर, सङ्खुवासभा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ, प्यूठान, बाँके, बर्दिया, जुम्ला, कैलाली, कञ्चनपुरलगायतका नाका...बाँकी अंश →


न्यानो कपडा वितरण

स्याङ्जा, १ मङ्सिर,,   देउसीभैलोबाट सङ्कलित रकमले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । वालिङ नगरपालिकास्थित बालविद्या आवासीय माध्यामिक विद्यालयका पूर्वविद्यार्थीले देउसीभैलोबाट सङ्कलित रकमले भुम्रे माध्यामिक विद्यालयमा रहेका सुस्तमनस्थितिका दश विद्यार्थीलाई जाडोमा लगाउने स्विटर, टोपी, खाद्यान्नलगायतका सामाग्री शुक्रबार हस्तान्तरण गरिएको बालविद्या आवासीय माविका पूर्वविद्यार्थी प्रदीप अर्याल क्षेत्रीले बताउनुभयो । क्षेत्रीले विद्यालयका...बाँकी अंश →


सातौँ राष्ट्रिय कर दिवस ः बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर

काठमाडौँ, १ मङ्सिर,,   सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गर्नुभयो । बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको...बाँकी अंश →


कुटपिटबाट मृत्यु

धनगढी, १ मङ्सिर,,   धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ । उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले बताउनुभयो । कुटपिटपछि घाइते थापालाई सेती अञ्चल अस्पताल पु¥याइएकामा अस्पतालाले मृत...बाँकी अंश →


सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

भद्रपुर, १ मङ्सिर,,   भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन् । नेपाल धर्मनिरपेक्ष घोषणा हुनुभन्दा अघि विसं २०५० तिरै कमलधाप रामपोखरी...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

काठमाडौँ, १ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ‘कर ः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा उहाँले...बाँकी अंश →


चोरी को ५ अबैध मोटरसाईकल सहित १ जन पक्राउ

कपिलवस्तु, कार्तिक ३० ,,   कृष्णनगर नगरपालिकाको कुकुरभुकुवा बेगैचा नजिकबाट ५ सहीत एकजना पक्राउ परेका छन । भारतीय नाकाबाट ती मोटरसाईल नेपाल भित्राईएका थिए । भारतको शान्ता क्रसका २५ बर्षे मोहोम्मद क्याफलाई पक्राउ गरिएको प्रहरी नायब उपरयाि रावलले बताउनुभयो भारतीय नम्बर प्लेट रहेको २ वटा हिरो होन्डा, एक बुलेट, एक आपची र...बाँकी अंश →


इँटाभट्टा सञ्चालनमा रोक

काभे्रपलाञ्चोक, ३० कात्तिक ,,   नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो । कार्यालयले आज सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन उपलब्ध नगराउन अनुरोध गरेको छ । स्थानीयवासीले केही...बाँकी अंश →


मदिराका कारण घरेलु हिंसा बढ्दो

दार्चुला, ३० कात्तिक ,,   नौगाड गाउँपालिका–४ का ४५ वर्षीया कलावती टमटा श्रीमान देवेन्द्र टमटाको यातना सहन नसकी न्याय पाग्दै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पुग्नुभयो । दिनहुँ घरमा मदिरा सेवन गरी कुटपिट र गालीगलौच गर्न थालेपछि उहाँ न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुभएको हो । ‘‘एक दिन दुई दिन हैन,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter