१६ चैत २०८२

समाचार

अटो रिक्सा प्रहरी नियन्त्रणमा

स्याङ्जा, २ मङ्सिर,,   वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्हरीले नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हबल्दार शङ्कर रिमालले जनकारी दिनुभयो...बाँकी अंश →


संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. ५ अन्तर्गत रोल्पा जिल्ला समन्वय समिती को प्रथम जिल्ला भेला सम्पन्न

रोल्पा, मङ्सिर २ ,,   संघीय समाजवादी फोरम नेपाल प्रदेश नं। ५ अन्तर्गत रोल्पा जिल्ला समन्वय समिती को प्रथम जिल्ला भेला सम्पन्न भएको प्रदेश प्रवक्ता अकरम पठानले जनाएका छन्। पठानको भनाईनुसार यो।कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं।५ का प्रदेश अध्यक्ष अशोक यादव,र अतिथी संगठन प्रमुख रामू यादव,सह ईन्चार्ज नवीन सुनुवर,प्रदेश महिला अध्यक्ष...बाँकी अंश →


कृष्णनगर मा धामिर्क सहिष्णुता कायम गराउन सफल,, श्याम कुमार मिश्र

कपिलवस्तु,  मङ्सिर २ ,,   कपिलबस्तु जिल्लाको कृष्णनगरमा केहि समय अगाडि दुर्गा मूर्ति बिसर्जनको क्रममा दुई समुदायबीच भएको विवादले उग्र रुप लियो । प्रशासनले तत्कालका लागि कर्फ्यू लगाएर समाधानको उपाय अपनायो । प्राविधिक रुपमा शान्तिसुरक्षा कायम भएपनि कृष्णनगरबासीमा त्यस घटनाको त्रास कायमै रह्यो सामाजिक सद्भाव खल्बलिएपछि स्थानीयवासी दुवै समुदायबीच सम्बन्ध सामान्य...बाँकी अंश →


बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज, २ मङ्सिर,,   यहाँस्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५६ पुरुष ६२३ र एक आश्रित बालकसहित ६७९ कैदीबन्दी राखिएको जेलर श्यामलाल लामिछानेले जानकारी दिनुभयो । उहाँले चारैतिर बलिया पर्खाल नरहेका, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा...बाँकी अंश →


आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

नयाँदिल्ली, २ मङ्सिर,,   भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी...बाँकी अंश →


काङ्ग्रेसमा एकताको विकल्प छैन – श्रेष्ठ

पोखरा, २ मङ्सिर,,   नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापनमा आज यहाँ आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले गुट उपगुटमा विभाजित...बाँकी अंश →


ए’ डिभिजन लिग फुटबल ,, आज दुई खेल हुँदै

काठमाडौँ, २ मङ्सिर,,   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा हुने हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबललाई पराजित गरेको थियो भने मछिन्द्रले च्यासल युथ क्लबसँग...बाँकी अंश →


शिक्षक पेशा छाडेर तरकारीखेती

सुर्खेत, २ मङ्सिर,,   लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट हुनुहुन्छ । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उहाँलाई गर्व लागेको छ । विसं २०५३ मा उहाँ नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक हुनुहुन्थ्यो । पछि त्यो पेशालाई छाडेर उहाँ तरकारीखेती गर्न...बाँकी अंश →


टिपरको ठक्करबाट बालकको मृत्यु

चितवन, २ मङ्सिर ,,   भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् । बाबु छोरा...बाँकी अंश →


दुर्घटनामा तीनको मृत्यु

भक्तपुर, २ मङ्सिर,,   अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक...बाँकी अंश →


गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम पश्चिम, २ मङ्सिर,,   रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली...बाँकी अंश →


लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

रुपन्देही, २ मङ्सिर,,   बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter