१७ चैत २०८२

समाचार

आङ सान सु की काठमाडौँमा

काठमाडौँ, १३ मङ्सिर,,   एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुग्नुभएको छ । नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली...बाँकी अंश →


चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी

बेझाड, १३ मङ्सिर ,,  पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा रु तीन लाख बराबरको भेटी सङ्कलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा रु तीन लाख २४ हजार ८०० भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष...बाँकी अंश →


सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

बर्दिवास, १३ मङ्सिर,,   महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट तीन÷तीन...बाँकी अंश →


पूर्व गाविस उपाध्यक्ष मृत फेला

दमौली, १३ मङ्सिर ,,   तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ । एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको हो नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहनुभएका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता हुनुभएपछि प्रहरी र...बाँकी अंश →


छुरा प्रहारबाट एक घाइते

इनरुवा, १३ मङ्सिर,,   सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते हुनुभएको छ । मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । उहाँको धरानस्थित बिपी कोइराला...बाँकी अंश →


अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

राँझा, १३ मङ्सिर,,   बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा...बाँकी अंश →


स्वतन्त्र राजनीतिक समूहको मंसिर २८ गते राजधानीमा बृहत् राजनीतिक बैठक हुने

कपिलवस्तु १३ मङ्सिर,,    नेपाली जनता को संघर्ष र बलिदान द्वारा स्थापित लोकतांत्रिक संघिय गणतंत्र मा जारी भएको संविधान ले देश को शोषित, पिडित र आम जनता को हित मा हुने  पूर्ण विश्वास गरिएको थियो। जनता को हक अधिकार सुनिश्चित र सर्वांगीण विकास भई आर्थिक स्तर मा सुधार आई समाज मा...बाँकी अंश →


पीडित पुरुष धाउन थाले अदालत

रोल्पा, १३ मङ्सिर,,   रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको...बाँकी अंश →


जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

कालीकोट, १३ मङ्सिर,,   जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ । उहाँ भन्नुहुन्छ, “अनुगमन मात्रै हुन्छ तर काम हुँदैन । विसं २०३८ मा निर्माण भएको...बाँकी अंश →


महले बजार पाएन

दार्चुला, १२ मङ्सिर,,   दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम–...बाँकी अंश →


अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

हेटौँडा, १२ मङ्सिर,,   मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती...बाँकी अंश →


केरा खेतीमा गभारो र एकाधिकारको समस्या

पशुपतिनगर, १२ मङ्सिर ,,  इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter