
राजविराज, १३ मङ्सिर,, क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि यहाँ एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ । सप्तरीका किशोरीलाई क्रिकेट खेलमा रुचि बढ्दै गएपछि जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकामा सो क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको सप्तरी क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले जानकारी...बाँकी अंश →

काठमाडौँ, १३ मङ्सिर,, म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो...बाँकी अंश →

तेह्रथुम, १३ मङ्सिर,, परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील...बाँकी अंश →

काभे्रपलाञ्चोक, १३ मङ्सिर ,, बनेपा नगरपालिकाले आफ्नो १४ वटा वडाका घरघरमा आँखा जाँचसेवा प्रदान गरिहेको छ । नपाले बनेपास्थित रेयुकाई एईको मासुनागा अस्पतालको सहकार्यमा एक महीनादेखि नगरवासीका घरघरमा गएर स्वास्थ्कर्मीले सेवा प्रदान गरेको हो । बनेपा नपा–२ टुकुचा नालामा आँखा जाँच गरिरहनुभएकी स्वास्थ्यकर्मी अप्सरा लामिछानेले नगरको १२, १३ र १४...बाँकी अंश →

चितवन, १३ मङ्सिर,, मौरी चरन क्षेत्रका स्थानीय तहले पत्र काटेर मौरी चराउन नल्याउन भनेपछि यहाँका किसान समस्यामा परेका छन् । चरनको खोजीमा यहाँका किसानले विभिन्न जिल्लामा मौरी लैजाने गर्दछन् । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार दाङको घोराही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चरनका लागि मौरीका घार...बाँकी अंश →

बलेवा, १३ मङ्सिर,, फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको...बाँकी अंश →

ठिनी, १३ मङ्सिर,, मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा रु एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १४ कोठा भएको...बाँकी अंश →

काठमाडौँ, १३ मङ्सिर,, एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सलामी...बाँकी अंश →

काठमाडौँ, १३ मङ्सिर,, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डको महिला फोरमले वीर अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । फोरमका संयोजक शुभ एल्मर लामाको संयोजन र फोरमका पूर्व उपाध्यक्ष विजया भट्टको पहलमा आर्थिक सङ्कलन गरी १२ वटा ह्विलचियर अस्पताललाई प्रदान गरिएको हो । बिरामीको सेवामा अलिकति भए पनि सहयोग...बाँकी अंश →

केयरखबर १३ मङ्सिर,, काठमाण्डौ कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र नेपालका लागि जर्मनी राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको छ । भेटमा राजदुत शेफरले आगामी जनवरीमा हुने कृषि मन्त्रीहरुको ११औं बर्लिन सम्मेलनमा (द्यभचष्लि ब्नचष्अगतिगचभ ःष्लष्कतभचकु...बाँकी अंश →

राजविराज, १३ मङ्सिर ,, सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताउनुभयो । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले...बाँकी अंश →

बागलुङ, १३ मङ्सिर,, ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ । “विद्युत् गृहको काम भइरेको छ”, इञ्जिनीयर थापाले भन्नुभयो, “आउँदो चैतभित्रमा बिजुली...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: