
काठमाडौँ, १४ मङ्सिर,, सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत दिने जनाएको छ । नेपाल धितोपत्र बोर्डले यही मङ्सिर ६ गते स्वीकृति दिएको...बाँकी अंश →

काठमाडौँ, १४ मङ्सिर,, काबेली क्षेत्रमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण हुने काबेली करिडोर प्रसारण लाइन निर्माणका लागि सरकारले मार्ग प्रशस्त गरिदिएको छ । रुख कटानीको स्वीकृति नहुँदा उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदै आएको थियो । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रसारण लाइनको क्षेत्रभित्र...बाँकी अंश →

भोजपुर, १४ मङ्सिर ,, भोजपुर नगरपालिका– १२ टक्सारमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई जीर्ण बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ । अहिले यो भवन भूत बङ्गलामा परिणत भएको स्थानीयको भनाइ छ । कलात्मकरूपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने...बाँकी अंश →

चौतारा १४ मङ्सिर,, जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसाला गरेको श्रेस्तदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ...बाँकी अंश →

हुम्ला, १४ मङ्सिर,, यसवर्ष जिल्लामा कूल उत्पादन स्याउमध्ये आधा भन्दा बढी बिक्री नभएको पाइएको छ । देशको एक मात्र जिल्ला राष्ट्रिय सडक सञ्जालभन्दा बाहिर भएकाले यातायातकै असुविधाका कारण यति धेरै स्याउ बिक्री हुन नसकेको हो । एक हजार ५०० रोपनीमा चार सयभन्दा बढी बोटबाट यसैवर्षदेखि स्याउ फलाउन शुरु गर्नुभएका सिमकोट...बाँकी अंश →

काठमाडौँ, १४ मङ्सिर,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो...बाँकी अंश →

मनाङ, १४ मङ्सिर १४,, मौसम खुलेको हिउँदका दिन चारैतिर दन्तलहरझैँ हिमाल टलक्क देखिन्छन् । सूर्योदयको समयमा सेता टाकुरामा देखिने बिहानी उषा किरण । संसारकै अग्लो पाँच हजार ४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्ला चढ्न थोराङ फेदी उक्लँदै गर्दा पर्यटकले चारैतिर हिमाल देख्छन् । उनीहरूलाई संसारकै सुन्दर ठाउँमा पुगेको आभास हुन्छ ।...बाँकी अंश →
लहान, १४ मङ्सिर,, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका...बाँकी अंश →

चितवन, १४ मङ्सिर,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिनुभएको छ । सो क्षेत्रका सांसद समेत रहनुभएका दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिनुभएको हो । दुई दिनअघि जङ्गली हात्तीले दुई...बाँकी अंश →

ललितपुर, १४ मङ्सिर,, कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान मङ्गलबजार पुग्नुभएका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका...बाँकी अंश →

धनगढी, १४ मङ्सिर,, कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको यो कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै उक्त कलेजमा पठनपाठन सुचारु हुने आशा पलाएको स्थानीयवासी तीर्थराज ओझाले बताउनुभयो । ‘‘शुरुका वर्षमा विभिन्न बाधा अवरोध र...बाँकी अंश →

काठमाडौँ, १४ मङ्सिर,, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले आज यहाँ भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: