
काठमाडौँ १६ असोज,, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा पे्रmन्डस्ले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार...बाँकी अंश →

खोटाङ, १६ मङ्सिर,, चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा...बाँकी अंश →

बागलुङ, १६ मङ्सिर ,, पहिरोले बडिगाड खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार सञ्चालनमा ल्याइएको छ । ताल घुम्ने पर्यटकलाई लक्षित गरी व्यावसायिकरूपमा नौकाविहार शुरु गरिएको हो । ताल प्रभावित क्षेत्रका बासिन्दाले ताललाई आयआर्जनसँग जोड्न यस्तो जुक्ति निकालेका हुन् । स्थानीयबासीले ‘तुरतुरे ताल डुङ्गा सञ्चालन समिति’ समेत बनाएका छन् । तत्काललाई...बाँकी अंश →

काठमाडौँ, १६ मङ्सिर,, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कार र महिला हिंसा लगायत घटना दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै त्यसको अन्त्य...बाँकी अंश →

रामपुर, १६ मङ्सिर,, पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् । पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका...बाँकी अंश →

सल्यान, १६ मङ्सिर,, एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ...बाँकी अंश →

काठमाडौँ, १६ मङ्सिर,, रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्÷होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौँ महानगरपालिकाले...बाँकी अंश →

गलकोट, १६ मङ्सिर ,, धम्जाको सामुदायिक स्वास्थ्य एकाइले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लोपोन्मुख सोरठी नाच प्रदर्शन गरेर आर्थिक सहयोग सङ्कलन गरिरहेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ मा रहेको सो एकाइमा नयाँ सेवा थप गर्न र निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउन सोरठी नाचबाट आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको एकाइ...बाँकी अंश →

धादिङ, १६ मङ्सिर,, पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्ँिकदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल पछाडि...बाँकी अंश →

हेटौँडा, १६ मङ्सिर ,, शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा खुुशी लागेको बताउनुहुन्छ । रोजगारीका सिलसिलामा लामो समय कतारमा बस्नुभएका उहाँलाई स्वदेश फर्केपछि घरमै बसिरहन मन लागेन । दशैँ–तिहार मानेर पोखरेल परिवारसहित सुर्खेतदेखि मुगुको रारा र लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै काठमाडौँसम्मको यात्रा...बाँकी अंश →

काठमाडौँ, १६ मङ्सिर,, जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) सुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले आजदेखि छिटोमा आगामी...बाँकी अंश →

काठमाडौँ, १६ मङ्सिर,, प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताउनुभएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: