१९ चैत २०८२

समाचार

कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन सकिने

काठमाडौँ, १८ मङ्सिर,,   काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ । कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताउनुभएको हो । ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम...बाँकी अंश →


भालुको आक्रमणबाट दुई जना घाइते

बाजुरा, १८ मङ्सिर,,  भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिनुभयो । रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट...बाँकी अंश →


जोमसोम अस्पतालमा बिक्रीकक्ष

ठिनी (मुस्ताङ), १८ मङ्सिर (रासस)ः सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले औषधि बिक्रीकक्ष सञ्चालन गरेको छ । सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए । उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष...बाँकी अंश →


महोत्तरीमा ५० एचआइभी सङ्क्रमित

बर्दिवास, १८ मङ्सिर,,   महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो । सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो...बाँकी अंश →


‘लगानी प्रदेशको प्राथमिकताका क्षेत्रमा हुनुपर्छ’

सुर्खेत, १८ मङ्सिर,,   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एशियाली विकास बैंक (एडिबी)को लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताउनुभएको छ । एशियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा वीरेन्द्रनगर, सुर्खेतमा सोमबार आयोजित ‘सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालसँगको छलफल तथा परामर्श’ कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतको जस्तो...बाँकी अंश →


लागुऔषधसहित तीन युवक पक्राउ

सप्तरी, १८ मङ्सिर,,  भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरकुमार मण्डल रहेका छन् । प्रहरीले...बाँकी अंश →


यात्रुसँग मनोमानी भाडा असुली

बैतडी, १८ मङ्सिर ,,  ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

दाङ, १८ मङ्सिर,,  चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम...बाँकी अंश →


बाल क्लबको पहलमा बाल विवाह रोकियो

भद्रपुर, १७ मङ्सिर,,   झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो । धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा...बाँकी अंश →


प्रतिफल आउने गरी काम गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, १७ मङ्सिर,,   उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो । “यो सरकारी संस्थान...बाँकी अंश →


वादी समुदायका लागि जग्गाको खोजी

डोटी, १७ मङ्सिर,,  नगर क्षेत्रभित्र रहेका वादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी गरिरहेको छ । नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही नभएका भूमिहीन वादी समुदायका लागि जग्गा खरीद गरी घर बनाउने योजना रहेको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । “वादी समुदायको व्यवस्थापन...बाँकी अंश →


धान उत्पादनमा वृद्धि

भीमदत्तनगर, १७ मङ्सिर,,  गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर र कैलालीको एक लाख ४६...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter