१९ चैत २०८२

समाचार

ट्राफिक व्यवस्थापन गर्दै ललितपुर महानगरपालिका

ललितपुर, २० मङ्सिर ,,   ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ । मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका...बाँकी अंश →


प्रस्तावित राजदूतको सुनुवाइ आइतबार

काठमाडौँ, १९ मङ्सिर,,   सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार ससदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिश राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारले नीलाम्बर...बाँकी अंश →


मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

काठमाडौँ, १९ मङ्सिर,,   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटाँै जित दर्ता गराएको हो । यस...बाँकी अंश →


सङ्घीय र प्रदेश सरकारबीच देखिएका असमझदारी छिटै हल हुन्छ ,, मन्त्री ज्ञवाली

सुर्खेत, १९ मङ्सिर,,  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले...बाँकी अंश →


सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक

काठमाडौँ, १९ मङ्सिर ,,   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको प्रशस्त सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । सूचना प्रविधि युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचना प्रविधिको सुधार र व्यवस्थापन गर्न सरकार तयार रहेको बताउनुभयो । सूचना प्रविधिको विकास र...बाँकी अंश →


साउदीमा नेपाल प्रवद्र्धन मेला

काठमाडौँ, १९ मङ्सिर,,  साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको...बाँकी अंश →


हेटौँडामा बसपार्क निर्माण शुरु

हेटाँैडा, १९ मङ्सिर,,   मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा सवारी साधन सञ्चालनका लागि हेटौँडामा बसपार्क निर्माण कार्य शुरु गरिएको छ । हेटाँैडा–४ स्थित भैरव रोड र भुटनदेवी माविको रोडमा पर्ने खाली जग्गामा हेटाँैडा नगरपालिकाले बसपार्क बनाउन शुरु गरेको हो । विगतमा कम्मल उद्योग सञ्चालनमा रहेको र अहिले बन्द अवस्थामा रहेको सो उद्योगको...बाँकी अंश →


नेपाली गीतसंगीतका अमर गायक नारायण गोपाल

काठमाडौँ, १९ मङ्सिर,,   नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात...बाँकी अंश →


उपमहानगरमा ‘रेपिड रेस्पोन्स टिम’

घोराही, १९ मङ्सिर,,   घोराही उपमहानगरपालिकाले महामारी रोग तथा प्रकोपजन्य रोग निवारणका लागि तत्काल सुनुवाइ गर्न ‘रेपिड रेस्पोन्स टिम’ नाम दिएर एउटा समिति बनाएको छ । उपमहानगरको स्वास्थ्य शाखाले जनस्वास्थ्य प्रर्वद्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय उक्त समिति बनाएको हो । उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीमगरले दिएको जानकारीअनुसार...बाँकी अंश →


आयोजनाको अनुगमन र मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न ‘एक्सन रुम’

काठमाडौँ, १९ मङ्सिर,,   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया शुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष (एक्सन रुम) बनाउने प्रक्रिया शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले...बाँकी अंश →


विपन्न र द्वन्द्वपीडितसँग जोडिँदै प्रदेश सरकार

हेटौँडा, १९ मङसिर ,,  प्रदेश नं ३ सरकारले अन्यायमा परेका महिला, दलित, अपाङ्गता भएका, गरिबीको रेखामूनी रहेका व्यक्ति तथा समुदाय र द्वन्द्व प्रभावित परिवारका सदस्यलाई शिक्षा, स्वास्थ्य सेवाका साथै सीप विकासमा सहयोग गर्ने भएको छ । प्रदेश सरकारको आव ०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था कार्यान्वयन गर्न...बाँकी अंश →


राष्ट्र समृद्ध बनाउनु पर्ने मा जोड: मुख्यमंत्री राउत

कपिलबस्तु  मङ्सिर १९,,   कपिलबस्तुको कृष्णनगर न.पा.वडा नं.१ उद्योग वाणिज्य संघ को हालमा संघीय समाजवादी फोरम नेपाल को स्वागत तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जसमा शिवप्रसाद यादव उदघोषक को रुपमा रही प्रमुख अतिथि प्रदेश नं.२का मुख्ममंत्री मोहम्मद लालबाबु राउत ज्यूले दिप प्रजवलन गरि कार्यक्रम को सुरुवात गरिएको थियो जस्मा उक्त...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter