१९ चैत २०८२

समाचार

‘ए’ डिभिजन लिग ,, आज दुई खेल

काठमाडौँ, २० मङ्सिर,,   शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हँुदैछन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत...बाँकी अंश →


सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य ,, थापा

जनकपुरधाम, २० मङ्सिर,,   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताउनुभएको छ । मिडिया नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार हो भन्नुभयो । सरकारको...बाँकी अंश →


कृषकलाई अनुदानमा जैविक मल र दाना

बेझाड, २० मङ्सिर,,  कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ । पाँच वर्षभित्रमा कृषि र पर्यटन विकासमा वडालाई विकास गर्ने उद्देश्यले वडाका ३४ कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण गरेको हो । बुधबार वडाका २४ व्यावसायिक तरकारी खेती गर्ने...बाँकी अंश →


छलफलका लागि चार विधेयक दर्ता

खस्यौली, २० मङ्सिर,,   प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था...बाँकी अंश →


तातोपानीको मितेरी पुलको निर्माणकार्य शुरु

चौतारा, २० मङ्सिर,,  विसं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साविकै स्थानबाट पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । चीनको...बाँकी अंश →


सरकारी कार्यालय सारेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

रोल्पा, २० मङ्सिर,,   जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको उक्त प्रतिनिधिमण्डलले बुटवलस्थित प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको...बाँकी अंश →


गाउँपालिकालाई जग्गा दान

दमौली, २० मङ्सिर,,  तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिनुभएको छ । गाउँपालिकाको पशुपछी शाखाको नाममा करीब रु ७० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएकी उहाँले मङ्गलबार उक्त जग्गा मालपोत कार्यालयबाट शाखाको नाममा नामसारी गरिदिनुभएको थियो । श्रेष्ठका छोरा चिरञ्जीवी श्रेष्ठले भन्नुभयो, “जीवनमा केही योगदान...बाँकी अंश →


बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

गौशाला, २० मङ्सिर,,  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा...बाँकी अंश →


सिँचाइ नहुँदा खेतीयोग्य जमीन बाँझो

तेह्रथुम, २० मङ्सिर,,   सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाझिो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ...बाँकी अंश →


मेडिकल र किराना पसलमा आगलागी

राँझा, २० मङ्सिर,,   नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ ।बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे । आगलागीबाट मेडिकलमा रहेका...बाँकी अंश →


पशुपतिलगायत शिवालयमा छरियो शतबीज

काठमाडौँ, २० मङ्सिर,,   मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता...बाँकी अंश →


एक सय बहत्तर परिवारलाई राहत वितरण

मार्तडी, २० मङ्सिर,,   बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १७२ पीडित घरपरिवारलाई राहात प्रदान गरिएको छ गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित ती परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो । ती पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter