
ललितपुर, २३ मङ्सिर,, संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताउनुभएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आज जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भूकम्पले क्षतिग्रस्त गुम्बाको...बाँकी अंश →

काठमाडौँ, २३ मङ्सिर,, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो । प्रधानमन्त्री...बाँकी अंश →

कास्की, २३ मङ्सिर,, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको बताउनुभएको छ । सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना गरेपनि सम्पूर्ण नेपालीले स्वास्थ्य सेवा पाएर स्वस्थ नभएसम्म समृद्धि प्राप्त नहुने भएकाले सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिएको भनाइ मन्त्री गुरुङको छ...बाँकी अंश →

काठमाडौँ, २३ मङ्सिर,, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ...बाँकी अंश →

रुकुम पूर्व, २३ मङ्सिर,, रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र सानीभेरीको तिरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा ओझेलमा परेको छ । संरक्षण र प्रचारप्रचारको अभावले सो गुफा सङ्कटमा परेको हो । सानीभेरीको तिरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटरको दूरीमा छ । गुफामा चैतेदशैँ र नयाँ वर्षको दिनमा मेला लाग्ने गर्दछ...बाँकी अंश →
काठमाडौँ, २३ मङ्सिर,, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गर्नुभएको छ । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आज सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता...बाँकी अंश →

काठमाडौँ २३ मङ्सिर,, एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले...बाँकी अंश →

काठमाडौं २३ मङ्सिर,, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपाली संघ एनआरएनलाई आग्रह गरेका छन् । एनआरएन एशिया प्रशान्त क्षेत्रको भेलालाई हंकङमा संवोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सहि दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याँई नगर्न आग्रह गरे । केही नीति...बाँकी अंश →

कञ्चनपुर, २३ मङ्सिर (रासस) : पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ । माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ । संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका...बाँकी अंश →

तुलसीपुर, २३ मङ्सिर ,, तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जङ्गबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आउनुभएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थाल्नुभएको हो । चौधरीले हाल २२ हेक्टर जमीनमा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चौधरीले वार्षिक रु...बाँकी अंश →

इलाम, २३ मङ्सिर ,, वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उहाँका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले...बाँकी अंश →

बेनी, २३ मङ्सिर,, म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलको प्रचारप्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिबार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुद्री सतहदेखि दुई हजार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: