१९ चैत २०८२

समाचार

दलित विद्यार्थीलाई मुख्यमन्त्रीद्वारा चेक हस्तान्तरण

धनुषा, २५ मङ्सिर,,   आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीलाई रु साढे तीन लाखको दरले चेक हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव...बाँकी अंश →


ट्रकको ठक्कर बाबु र छोराको मृत्यु

दमक, २५ मङ्सिर,,   भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र...बाँकी अंश →


दुर्घटनामा महिलाको मृत्यु

लहान, २५ मङ्सिर ,,   सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सप्तरीको सुरुङ्गा...बाँकी अंश →


विद्युत् खरीद सम्झौता

काठमाडौँ, २५ मङ्सिर,,   नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणले ३५ मेगावाट क्षमताको ब्रह्मायणी र १५ मेगावाट क्षमताको माथिल्लो ब्रह्मायणी आयोजनाबाट उत्पादन हुने विद्युत् खरीद गर्ने सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ती आयोजनाका प्रवद्र्धक...बाँकी अंश →


बैतडीमा बाँदर आतङ्क, खेतीयोग्य जमीन बाँझै

बैतडी, २५ मङ्सिर ,,   बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो । बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य...बाँकी अंश →


इपिएल –पोखरा पराजित

काठमाडौँ, २५ मङ्सिर ,,   एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा...बाँकी अंश →


स्टकमा आज पनि धर्ना

काठमाडौँ, २५ मङ्सिर,,  धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् । धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाउनु भएको छ । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उहाँले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले...बाँकी अंश →


माथिल्लो तामाकोशीको पैसा फिर्ता नपाएकालाई आवेदन दिन आग्रह

काठमाडौँ, २५ मङ्सिर,,   माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । शेयर...बाँकी अंश →


चालक अनुमतिपत्र ,, प्रविधिले समस्या

ललितपुर, २५ मङ्सिर ,,   यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो । उहाँले भन्नुभयो, “यी सबै गल्ती सच्याउनै पर्ने...बाँकी अंश →


आलेख ः बरदान बन्दै म्याग्दीका तातोपानी कुण्डहरु

गलेश्वर, २५ मङ्सिर,,   प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरुका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरु बरदान सावित भएका छन् । खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरुबाट आक्रान्त व्यक्तिहरुका लागि यहाँका तातोपानी कुण्डहरु लाभदायी भएका हुन् । जाडोयाममा बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी...बाँकी अंश →


सामुदायिक स्वास्थ्य एकाइ स्थापना

बेनी, २५ मङ्सिर ,,  विकट म्याग्दीको रघुगङ्गा गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र गुणस्तर सुधारमा गाउँपालिकाले पहल थालेको छ । दुर्गम बस्ती भएका कारण गाउँवासीलाई प्राथमिक स्वास्थ्य सेवा पाउन कठिन भएकाले उक्त गाउँपालिकाले वडा नम्बर ४ दर्मीजामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो । वडा नम्बर ७ को कुइनेखानीमा समेत...बाँकी अंश →


भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बनेन विद्यालय भवन

गोरखा, २५ मङ्सिर,,   गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन । भारतीय सरकारले निर्माण गरिदिने भनिएको उक्त विद्यालयको पुनःनिर्माण नभएपछि अहिले भूकम्पले भत्किएको भवनमा नै जोखिम मोलेर पठनपाठन हँुदैआएको छ । भवन बन्न नसकेपछि प्राविधिकले रातो स्टिकर टाँसरे बस्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter